Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

अध्यक्ष दाहाल र चिनियाँ नेताबीच भेटमा के भयो?

E-mail Print
(0 votes, average 0 out of 5)

काठमाडौँ, असार १६ - एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका दक्षिण एसिया प्रमुख आई पिङ नेतृत्वको प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भयो। भेटमा चिनिया नेताहरुले नेपालको राजनीतिक अवस्थाबारे जानकारी लिएका थिए।

 
अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको सो भेटमा नेपालमा उत्पन्न पछिल्लो राजनीतिक अवस्था, शान्तिप्रक्रिया, संविधान निर्माण र राष्ट्रिय सहमति निर्माणलगायतका विषयमा छलफल भएको एमाओवादीका विदेश विभाग प्रमुख तथा पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर महराले जानकारी दिए।

भेटमा नेता पिङले संविधानसभा किन विघटन भयो र त्यसका कारणहरू के के हुन् भनेर अध्यक्ष दाहालसँग जिज्ञासा राखेका थिए।

नेता पिङको जिज्ञासामा अध्यक्ष दाहालले राज्य पुनःसंरचनाको विषयमा दलहरूबीच सहमति हुन नसक्दा संविधानसभा विघटन भएको बताए।

दलहरूबीच सहमति नै हुनुपर्दछ र त्यसको लागि आफ्नो पार्टीले पहल गरिरहेको समेत अध्यक्ष दाहालले बताए। वर्तमान राजनीतिक सङ्कटलाई निकास दिनका लागि सहमति र सहकार्य नै उत्तम विकल्प रहेको र त्यसका लागि संविधानसभाको ठूलो पार्टी भएकाले आफूहरूले नै विशेष पहल गरिरहेको अध्यक्ष दाहालले बताएको स्थायी समिति सदस्य महराले जानकारी दिए।

नेता पिङले वर्तमान राजनीतिक सङ्कटलार्ई समाधान गर्न छिटो भन्दा छिटो राजनीतिक सहमति गर्न अध्यक्ष दाहाललाई आग्रह गरे।

यसैगरी नेता पिङले पार्टीमा देखिएको फुटबारे समेत जिज्ञासा राखेका थिए।

सो जिज्ञासामा अध्यक्ष दाहालले एमाओवादीबाट बाहिरिएका मोहन वैद्यलगायतका नेताहरू जडसूत्रीय चिन्तनमा आधारित रहेर पार्टीलाई विभाजन गरेको र पार्टी विभाजनले शान्ति र संविधानको कामलाई कुनै असर नपार्ने बताए।

आफूहरूले पार्टी एकताको लागि पहल गरिरहेको र सो काममा समेत सफलता पाउने विश्वास कायमै रहेको अध्यक्ष दाहालले बताए।

महाधिवेशनबाट पार्टीमा देखिएका समस्यालाई हल गर्ने उत्तम विकल्प बाँकी रहेको समेत अध्यक्षले राख्नुभएको र त्यस भनाइको स्वागत गर्दै नेता पिङले सफलताको लागि शुभकामना दिएको नेता महराले जानकारी दिए।

नेता पिङले राजनीतिक स्थिरता प्राप्त गरी नेपाल आर्थिक समृद्धिको दिशामा तीव्रत्तर रुपमा अघि बढोस् भन्ने शुभेच्छा व्यक्त गर्दै त्यसका लागि चीन सरकार सक्दो सहयोग गर्न तत्पर रहेको जानकारी गराएका थिए।

भेटमा पार्टीका स्थायी कमिटी सदस्य महरा, अर्का स्थायी समिति सदस्य लीलामणि पोखरेल सहभागी हुनुहुन्थ्यो भने नेता पिङ लगायतको प्रतिनिधि मण्डल र नेपालका लागि चीनका राजदूत सहभागी थिए।

अध्यक्ष दाहालले नेपाल सधैँ एक चीन नीतिको पक्षमा उभिएको र नेपालको भूमि छिमेकीकाविरुद्ध प्रयोग गर्न नदिन प्रतिबद्ध रहेको पनि बताएका थिए।-  रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता