Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

बाबुरामको बालहठले बर्वाद : खनाल

E-mail Print
(0 votes, average 0 out of 5)
बुटवल, असार १६ (नागरिक)-एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभाबाट संविधान बनाउन ध्यान नदिएर प्रधानमन्त्री बाबुराम भट्टराईको बालहठले मुलुकमा संवैधानिक रिक्तता आएको बताएका छन्। ‘संविधानसभाको वेवास्ता गर्दै प्रधानमन्त्रीले चुनावको घोषणा गरे, मंसिरमा हुनै नसक्ने संविधानसभाको चुनाव गर्छु भन्नु बाबुरामको बालहठ हो, ' -पार्टीको लुम्विनी अञ्चलस्तरीय कार्यकर्ता भेलामा बोल्दै उनले भने।

संविधानसभाबाट चुनाव नबनाएर मुलुकमा संवैधानिक शुन्यता ल्याउदै सत्ता कब्जाको अभ्यासमा लागेको माओवादीका लागि समेत अहिलेको अवस्था गलपासो भएको उनको भनाई छ। ‘जसरी पनि मंसिरमा चुनाव गर्ने र बहुमत ल्याएर एकलौटी खालको संविधान बनाउने भन्ने माओवादी सपना अधुरै भयो,' -अध्यक्ष खनालले भने- 'प्रचण्ड र बाबुरामले सपना बुन्दाबुन्दै माओवादी फुटेर छिन्नभिन्न भएको छ। अरुलाई सिध्याउने भन्दाभन्दै उनीहरुले आफैंलाई सम्हाल्न सकेनन्।'

एकिकृत माओवादीप्रति आक्रोश व्यक्त गरेका खनालले अन्तिम समयसम्म एमाले र कांग्रेसले संविधान सभालाई रुपान्तरित संसदको रुपमा जोगाउन लागेको बताए। ‘तर माओवादी नेताहरुले मान्दै मानेनन्, संवैधानिक शुन्यताको फाइदा उठाउने रणनीति बनाएका उनीहरुका लागि नै यो अवस्था हानिकारक छ,' उनले भने।

उनले बाबुराम भट्टराईले राजीनामा दिएपछि नै दलहरु बीच सहमति हुनसक्ने भन्दै उनको राजिनामाबिना सहमति र सहकार्यको कल्पना गर्न नसकिने बताए। ‘कुर्सीमा टासिएर अझै पनि बाबुरामले कति मोह देखाइरहने? छिटो राजीनामा दिएर निकासको ढोका खोल्नुपर्छ,' उनले भने।

बाबुरामले राजीनामा दिएपछि दलीय सहकार्य नया ढंगले अधि बढ्ने र मुलुकले राजनैतिक निकास पाउने खनालको भनाई छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता