Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Nov 20th

संविधानसभा विघटनबारे चिनियाँ चासो

E-mail Print
(0 votes, average 0 out of 5)

काठमाडौं, असार १७ (नागरिक) - चिनियाँ कम्युनिष्ट पार्टीका एक उच्च नेता नेतृत्वको प्रतिनिधि मण्डलले नेपालको पछिल्लो राजनीतिक संकटका बारेमा प्रमुख दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका छन्। नेताहरुसँगको भेटमा संविधानसभा विघटन र चुनाव घोषणपछिको अवस्थाको बारेमा चिनिया टोलीले विषेश चासो राखेको थियो।  

 शनिबार चिनिया कम्युनिष्ट पार्टीका नेता एवं विदेश विभागको एसिया मामिला सम्वन्धि उपमन्त्री आई पीङ नेतृत्वको टोलीले माओवादी, कांग्रेस, एमाले लगायतका प्रमुख दलका शिर्ष नेताहरुसँग भेट गरी पछिल्लो राजनीतकि संकटमा बारेमा छलफल गरेका छन्। नेताहरुसँगको भेटमा पिङले संविधानसभा विघटन हुनुको कारण र अहिलेको संवैधानिक र राजनीतिक संकटका बारेमा छलफल गरेका थिए।

नेपालको पछिल्लो राजनीतिक घटनाकाबारमो छलफल गर्न पिङ नेतृत्वको छ सदस्यीय टोली शुक्रबार राति काठमाडौ आएको हो। उनीसहित नेपाल स्थित चिनिया दुतावाशका उच्च अधिकारी सहितको टोलीले शनिबार विहान एमाले अध्यक्ष झलनाथ खनाल, दिउसो कांग्रेस सभापति सुशील कोइराला र अपरान्ह माओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रीकका अध्यक्ष विजयकुमार गच्छदारसँग भटे गरेको थियो।

टोलीले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग उनकै निवास लाजिम्पाटमा भेटवार्ता गरेको थियो। दाहालसँगको भेटमा पिङले नेपालको पछिल्लो राजनीतिक अवस्था, शान्तिप्रक्रिया, संविधान निर्माण र माओवादी पार्टीको विषयमा जिज्ञासा राखेको दाहालको निजि सचिवालयले जनाएको छ। चिनियाँ कम्युनिष्ट पार्टीका नेता पिङले संविधानसभा विघटनका कारणहरुका बारेमा दाहालसँग जिज्ञासा राखेका थिए। दाहालले भने दलहरुबीच संविधान निर्माणका विषयमा सहमति हुन नसक्दा संविधानसभा विघटन भएको धारणा राखेका सचिवालयले जनाएको छ। 'वर्तमान राजनीतिक संकट निकासका लागि सहमति र सहकार्यनै उत्तम विकल्प हो र त्यसका लासष् संविधानसभाको ठूलो दलको नाताले माओवादीले विषेश पहल गर्छ' दाहालले चिनिया प्रतिनिधि मण्डलसमक्ष राखेका भनाई उदृत गर्दै सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता