Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Nov 20th

पूर्वराजा शाह भैरहवामा

E-mail Print
(5 votes, average 5.00 out of 5)
शेरबहादुर केसी, भैरहवा, असार १७- पूर्व राजा ज्ञानेन्द्र शाह आज भैरहवा पुगेका छन् । जहाजबाट गौतमबुद्ध विमानस्थल ओर्लेका उनलाई स्वागत गर्न बाक्लो उपस्थिति थियो । संविधानसभा विघटनपछि पहिलो पटक पूर्व राजा ज्ञानेन्द्र शाह आज राजधानी बाहिर गएका हुन् ।

चार जिल्ला भ्रमणको कार्यक्रमसहित पूर्वराजा शाह दिउसो १:३० बजे बुद्ध एयरबाट भैरहवा आइपुगेका हुन् ।

गौतमबुद्ध विमानस्थलमा अवतरण गरेपछि उनी सोझै लुम्बिनी गेट जानेछन्। त्यहाँ उनले नागरिकसँग प्रत्यक्ष कुराकानी कार्यक्रम बनाइएको छ। त्यसपछि भगवान्‌ गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अवलोकन तथा अन्य धार्मिक स्थलमा पूजाआजा गर्नेछन्।
चार जिल्लाहरु रुपन्देही, नवलपरासी र कपिलबस्तुको भ्रमणका लागि पूर्वराजा शाह त्यसतर्फ जान लागेका हुन्।
यसअघि पूर्वराजाका स्वकीय सचिव सागर तिमल्सिना र सुरक्षाको जिम्मा लिएका सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक उद्धव रावतले शुक्रबार रूपन्देही र कपिलवस्तु पुगेर भ्रमणको चाँजोपाँजो मिलाएका थिए। उनीहरुले नै पूर्व राजाको भ्रमण तालिका समेत तय गरेका हुन्।


प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता