Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Nov 20th

यादवलाई कार्यबाहक अध्यक्षबाट हटाइयो, नयाँ अध्यक्ष दत्त

E-mail Print
(2 votes, average 3.00 out of 5)
अर्जुन सुवेदी, काठमाडौं, असार १७- राजकिशोर यादवलाई फोरम गणतान्त्रिकको कार्यबाहक अध्यक्ष पदबाट हटाइएको जानकारी आइतबार निर्वाचन आयोगलाई गराइएको छ। बहुमत केन्द्रीय सदस्यले हस्ताक्षरसहित सूचना तथा सञ्चारमन्त्री यादवलाई पार्टीको कार्यबाहक अध्यक्षबाट हटाएको जानकारी निर्वाचन आयोगमा गराएका हुन्।
 

महासचिव आत्‍माराम शाहले पार्टीले बाबुराम भट्टराई सरकारलाई गर्दै आएको समर्थन फिर्ता लिनसक्ने बताए। 'यादवलाई सूचना तथा सञ्चरमन्त्रीबाट आजै बर्खास्त गर्न प्रधानमन्त्रीलाई जानकारी गराउँछौं,' शाहले भने, 'प्रधानमन्त्रीले उहाँलाई बर्खास्त गर्नुभएन भने सरकारलाई गर्दै आएको हाम्रो समर्थन फिर्ता हुनेछ।'  

उनले यादवलाई एक्लौटीरुपमा पार्टी चलाएको आरोपसमेत लगाएका छन्। 'यादवजीले अहिलेसम्म केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको छैन,' उनले भने, 'यस्तो एकलौटीरुपमा पार्टी हाँक्न पाइँदैन।'


अहिलेका सह-अध्यक्ष नन्नदकुमार दत्तलाई कार्यबाहक अध्यक्ष बनाउने घोषणासमेत बहुमत सदस्यहरुले गरेका छन्।

निर्वतमान अध्यक्ष जयप्रकाश गुप्ता भ्रष्टारचार अभियोगमा जेल परेपछि यादवलाई कार्यबाहक अध्यक्ष बनाइएको थियो।

प्रतिक्रियाहरू (3)Add Comment
0
Pradip K. Dahal
July 01, 2012
113.199.148.192
भोट: +35
...

फुटाओ फुटाओ जोड्न त जानेको पनि त हुनु पर्‍यो नी । देशै पनि फुटाउन खोज्नेले पार्टी फुटायौ भने के नै आस्चर्य हुन्छ र ?

0
abhi adhikari
July 01, 2012
113.199.136.240
भोट: +22
...

hahahahah...hasauchhan forom harule pani..feri janmane bhayo naya parti madhesi.....1 neta 1 parti hune bhayo tarai ma ta ...hahahahah

0
पुष्कल गौतम
July 01, 2012
49.244.139.224
भोट: +15
...

मधेसी जनताको नाममा राजनिती गर्ने कथित मधेसी नेताहरू सत्ता र पदको लागि मात्र लड्छन जनताको लागि हैन ।

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता