प्रधानमन्त्रीले कमल थापा भेटे

Sunday, 01 July 2012 16:54 नागरिक
Print
(0 votes, average 0 out of 5)
दाहाल राष्ट्रपति निवासमा-
काठमाडौं, असार १७ (नागरिक)- राजनीतिक गतिरोध अन्त्य गर्न प्रधानमन्त्री बाबुराम भट्टराईले  आज राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष कमल थापालाई भेटेका छन्।  त्यस्तै उनले राष्ट्रिय प्रजातन्त्रिक पार्टीका अध्यक्ष पशुपति शमशेरसँग पनि आफ्नै निवासमा भेटघाट गरेका छन्।

 
आजै बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग उनकै निवास लाजिम्पाटमा भेटघाट गरेका थिए। 

यस्तै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल आज अपराह्न राष्ट्रपति निवास पुग्दैछन्। वर्तमान राजनीतिक संकटको समाधान गर्ने बारे राष्ट्रपतिसँग उनको छलफल हुनेछ।