यार्सा गुम्बाको विषयलाई लिएर राप्रपाले माओवादी कार्यकर्ता कुटे

E-mail Print
(2 votes, average 3.00 out of 5)
कमल थापा, रुकुम, असार १७- बहुमूल्य हिमाली जडिबुटी यार्सा गुम्बाको विषयमा एकृकीत नेकपा माओवादी र राप्रपा युवाबीच भएको विवाद झडपमा परिणत भएपछि डोल्पामा तीन जना माओवादी कार्याकर्ता गम्भीर घाइते भएका छन्। राप्रपाको कुटाईबाट डोल्पा सहरतारा-३ का एमाओवादी जिल्ला सदस्य २५ वर्षीय कामी बुढा, एरिया सदस्य २३ वर्षीया मलम बुढा र एरिया सदस्य २२ वर्षीय चन्द्रबहादुर बुढा गम्भीर घाइते भएको डोल्पा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसुधन खडकाले जानकारी दिए। 

 
टाउको हात, खुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनीहरुको उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ। डोल्पादेखि काठमाडौंका लागि ४ लाख हेलिकप्टर भाडा तिरिएको हो। शनिबार डोल्पाबाट उडेको हेलिकप्टर प्रतिकूल मौसमका कारण रुकुमस्थित सल्ले विमान स्थलमा अवतरण गरिएको थियो।

आइतबार बिहान रुकुमदेखि उनै घाइते बोकेर उडेको हेलिकप्टर प्यूठानमा पनि आकश्‍मिक अवतरण गरिएको थियो। डोल्पाबाट उडेको माउन्टेन एयरको हेलिकप्टर रुकुम र प्युठानमा आकश्‍मिक अवतरण गरिएको हो।

शनिबार यार्सागुम्बा टिपेर घर फर्कदै गर्दा बाटोमा एक्कासी राप्रपाका कार्यकर्ताले आफूहरुलाई धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको घाइतेले बताए। घाइतेहरुको केही समय जिल्ला अस्पताल सल्ले रुकुममा उपचार भएको थियो। राप्रपाका कार्यकर्ताले पुथा माउण्टेन युवा क्लब गठन गरेर चन्दा मागेर आतंकित वनाएपछि विवाद भएको घाइते कामी बुढाले बताए। कुटपिटमा संलग्न भएको आरोपमा डोल्पा प्रहरीले आइतबार एक दर्जन बढी राप्रपा कार्यकर्ता लगायतलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता