मुलुक संवैधानिक प्रयोगशालामा भयो, अब विकासमा ध्यान दिऔं : देउवा

Sunday, 01 July 2012 21:06 नागरिक
Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार १७- पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मुलुक संवैधानिक प्रयोगशालामात्रै बनेकाले छिटो लोकतान्त्रिक संविधान निर्माण गरी आर्थिक विकासमा ध्यान दिनुपर्ने बताएका छन्।

प्रजातन्त्र सेनानी स्वर्गीय रामचन्द्र जोशीको प्रथम वार्षिकीका अवसरमा रामचन्द्र जोशी स्मृति सेवा केन्द्रद्वारा आयोजित 'लोकतन्त्रका चुनौती र राजनीतिक निकास' विषयक विचारगोष्ठीमा बोल्दै उनले अहिलेसम्म मुलुकलाई संविधानको प्रयोगशाला मात्र बनाइएकाले विकास हुन नसकेको बताए।

नेता देउवाले निर्वाचन मुलुकको निकासका लागि अन्तिम विकल्प भएपनि चार वर्षमा संविधान लेखनका लागि भएका सहमति र बाँकी रहेका मुद्दा संविधान सभालाई छोटो समयका लागि ब्युँताएर छिनोफानो गरिए उपयुक्त हुने स्पष्ट पारे।

फेरि संविधान सभाको निर्वाचन गरिए ठूलो आर्थिक व्ययमात्र हुने उनको भनाइ थियो। रासस