Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Aug 24th

प्रम भट्टराईबाट लोकतन्त्रलाई उपहास भयो : एमाले सचिव पोखरेल

E-mail Print
(0 votes, average 0 out of 5)
बुटवल, असार १७- नेकपा एमालेका सचिव शङ्कर पोखरेलले प्रधानमन्त्री बाबुराम भट्टराईलाई प्रधानमन्त्रीमा कायम राखेर राष्ट्रिय सहमति खोज्ने कुरा सम्भव नभएको बताएका छन्। उनले कामचलाउ अवस्थामा पुगेर पनि सहमतिको पहल नगरी पदमा रहिरहने प्रयास गर्नुबाट भट्टराईले लोकतन्त्रको मूल्य मान्यतालाई नै लज्जित गराएको आरोप लगाए।
 

प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले सचिव पोखरेलले कामचलाउ प्रधानमन्त्री भट्टराईले विवादरहित पहल गर्ने हो भने नयाँ सरकार गठनका लागि राष्ट्रपतिलाई अनुरोध गर्नुपर्ने बताए।

उनले प्रधानमन्त्रीले अनुरोध नगरे राष्ट्रपतिले आफैँ अग्रसरता लिनुपर्ने बताउँदै कामचलाउ सरकार लामो समय राख्नु उपयुक्त नहुने बताए। उनले केही समयपछि अख्तियार, निर्वाचन आयोगका आयुक्तदेखि लिएर सर्वोच्च अदालतका न्यायाधीशको समेत अवकाश हुने तर रिक्त ठाउँमा पदपूर्ति गर्न कुनै संवैधानिक व्यवस्था नभएकाले एमाओवादीले संवैधानिक रिक्तता गराएर तानाशाही शासन जन्माउन खोजेको भन्दै आपत्ति जनाए।

उनले सरकारले मङ्सिर ७ गतेका लागि घोषणा गरेको चुनाव संवैधानिक र कानुनी दृष्टिकोणले सम्भव नभएको बताए। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता