Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Dec 11th

बैसाखीविना उभिएका कवि

(1 vote, average 5.00 out of 5)
बसन्त बस्नेत- आजको बिजनेस सकियो।
शोक पर्ने दिन पानी बिर्बिराउँछ भन्छन् गाउँघरतिर। यस्सै त असारको दिन छ। अफिसबाट निस्कने बेला सेलफोनमा लेखक कृष्ण धरावासीको नाम देखियो। उनको आवाज खस्नुअघि नै बोलेँ, 'सुनिसकेँ दाइ।'
धरावासीको आवाजमा असार भिजिरहेको थियो। गह्रौँ भइसकेको स्वर भर्खरै दिवंगत कविको करिश्माले थिचिएको थियो। 'डबली' ले केही लेख्नु परेन। किनकि यो पालि प्रधानसम्पादक आफैँ ओबिच्युअरी लेखिरहेका थिए।
विस्तृतमा
 

देव आनन्दको आत्मस्वीकृति

(3 votes, average 5.00 out of 5)
किशोर पहाडी-नीलो आकाशमुनि, भीमसेनस्थान अगाडिको ठूलो चोकमा गाउँका सबै मानिसहरू सुकुल ओच्छ्याएर बसेका छन्। एउटा सेतो जिप आउँछ। अगाडि सेतो पर्दा टाँग्छ। प्रोजेक्टर निकाल्छ। ठूलाठूला चक्का रिल निकाल्छ। अनि खर्रर्रर्र... आवाजसाथ प्रदर्शित हुन्छ, चलचित्र 'तेरे घर के सामने'।
विस्तृतमा

उचाइमा उचाइ थपौँ

तीर्थबहादुर श्रेष्ठ- सफलताको काँधमा चढेर नयाँ निर्माणतिर लाग्ने सन्देश बोकेको 'राष्ट्रिय संरक्षण रणनीति' सन् १९८८ मा तयार भएर कार्यान्वयनमा आएको थियो। त्यो २४ वर्ष पहिलेको कुरा भयो। नेपालमा प्रत्येक २४/२५ वर्षको अवधिमा जनसंख्या दोब्बर हुँदै गएको छ। 'करोड मुटुहरूको एउटै ढुकढुकी नेपाल' भन्ने राष्ट्रिय गान उहिल्यै खुइलिएर गइसक्यो।
विस्तृतमा

किताबको खोल र गुदीका कुरा

(2 votes, average 3.00 out of 5)
दिनेश काफ्ले- गत हप्ता 'अक्षर' मा प्रकाशित प्रकाश सायमीको 'किताबको खोल-व्यापार' शीर्षक लेख पढेपछि मलाई पनि दुईचार कुुरा भन्न मन लाग्यो। लेखमा सायमीजीले प्रकाशकको लाभोन्मुख दौडमा पिछलग्गु भएर लेखक पनि दौडन थाल्ने हो भने कालान्तरमा ती घरका न घाटका होलान् भन्ने चिन्ता व्यक्त गर्नुभएको रहेछ। धन्य, यो कपटी दुनियाँमा पनि लेखकको भविष्यबारे चिन्ता गर्ने एकाध शुभचिन्तक अझै छन्।
विस्तृतमा

यात्रा : जिन्दगी!

(2 votes, average 5.00 out of 5)
कल्पना वान्तवा- सप्तकोसीले केही वर्षअघि मूलबाटो भुलेको बेला, मानिसहरु अनेक ओल्टोकोल्टो सहँदै अप्ठेरो वैकल्पिक बाटो हुँदै कोसी तर्थे। कोसी फेरि साबिककै ठेगानमा नफर्कुन्जेल धेरै कालसम्म यात्रुहरु सप्तरी, उदयपुर, र सुनसरीका सिमान्त गाउँ हुँदै कोसी वारपार गर्थे।
विस्तृतमा

बरानको प्रेम

(5 votes, average 3.80 out of 5)
अभय श्रेष्ठ- सुन्दर सिनेमाले दिने आनन्द नयाँ प्रेमको असरजस्तै अनुपम हुन्छ। यस्तो सिनेमा आफैँमा पृथक् साहित्य हो। पृथक् दृश्य साहित्य। इरानी निर्देशक मजिद मजिदीको 'बरान' यस्तै सिनेमा हो। मजिदी मानवीय भावनाको सूक्ष्म कथा टिप्ने जीवनवादी फिल्मकार हुन्। प्रेमले मानिसमा कतिसम्म परिवर्तन ल्याउँछ भन्ने विश्वसनीय कथा यसले भन्छ।
विस्तृतमा

किताबको खोल-व्यापार

(2 votes, average 3.00 out of 5)

प्रकाश सायमी- 'डन्ट जज अ बुक बाइ इट्स कभर।'

राम्रो किताबलाई त्यसको खोलको आधारमा नहेर्नुस् भन्ने यो उक्ति निकै पुरानो भए पनि अहिलेको बजारमा आवरणबाहेक किताबको चर्चा, विज्ञापन अनि लेखकको उपस्थिति र वैभवले किताबको बजार बनाउँछ। आजभोलि विज्ञापनको भाषामा कुन किताब राम्रो कुन नराम्रो देख्ने मायोपिक संस्कार सुरु भएको छ।

विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  8 
  •  9 
  •  Next 
  •  End 
  • »
Page 1 of 9

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

शनिबार