Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Feb 19th

ह्याप्पि बर्थ डे टु मि

(17 votes, average 3.88 out of 5)

बुद्धिसागर- आज म ३१ बर्षको भएँ।

सानोमा स्कुल छाडेर भागेको। मोजाको फुटवल बनाएर खेलेको। खोलामा नाँगै नुहाएको। सरले मुर्गा बनाएर घाममा उभ्याएको। पहिलोपल्ट फिलिम हेरेको। घरमा आमाले पकाएको रारा चाउचाउ गड्यौलाजस्तो लागेर घिन मान्दै नखाएको।
अस्ति भर्खरैजस्तो लाग्छ।

विस्तृतमा
 

सगरमाथा र सागरको साइनोमा जैविक विविधता

तीर्थबहादुर श्रेष्ठ -संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष अन्तर्राष्ट्रिय जैविक विविधता दिवस नेपालले पनि मनाउँदै आएको छ। प्रारम्भमा डिसेम्बर २९ तारिखलाई जैविक विविधता दिवसका रूपमा मनाउने गरिएको भए पनि सन् २००० पछि मे २२ तारिख उक्त दिवसका लागि छुट्ट्याइएको छ।
विस्तृतमा

शुक्रराज शास्त्रीको चस्मा

(7 votes, average 4.43 out of 5)
राजेन्द्र पराजुली -अचानक खस्यो सहिद शुक्रराज शास्त्रीको चस्मा उनको सालिकबाट। चस्माहीन उनको आँखा अनौठो देखिन थाल्यो। नाकको डाँडीमा अडिएको चस्मा अकस्मात गायब हुँदा उनको नाक पनि असामान्य देखिएको थियो। उनको आँखा कहिले चिम्सा देखिन्थे त कहिले विस्फारित। नाक कहिले थेप्चो प्रतीत हुन्थ्यो भने कहिले लाम्चो। अनुहारको रंग पनि कहिले गोरो, कहिले कालो त कहिले गहुँगोरो देखिन्थ्यो।
विस्तृतमा

'बोस'हरूका कुदृष्टिको कथा

विवश वस्ती -गौरा प्रसाई लेखनमा कुनै पनि राजनीतिक संगठनभित्र एउटा साधारण 'क्याडर'को हैसियत कस्तो हुन्छ भनेर देखाउन मात्र खोज्दिनन्, पार्टीभित्रका 'बोसहरू'को आतंक, कुदृष्टि र व्यवहारतर्फ पनि संकेत गर्छिन्। चाहे सिपी मैनालीको तितो व्यवहार होस् वा टी कार्कीको यौनपिपाशु व्यवहार र झलनाथ खनालकै रुखो प्रवृत्ति, उनी निसंकोच, निर्विघ्न र निश्चल ढंगले आफूप्रति 'बोस'हरूले देखाएका कथित सद्भावको आशय उजिल्याउन चाहन्छिन्। त्यही भएर नै, भूमिगतकालमा आफूले भोगेका तिता, दुःखद र असामान्य पीडालाई प्रसाईले 'मेरा जीवनका पाना'मार्फत छताछुल्ल पार्न खोजेकी छन्। मूलतः २०२९ देखि ०४६ सम्म भोगेका राजनीतिक जीवनका उतारचढावलाई उनले यस कृतिभित्र समेटेकी छन्।
विस्तृतमा

म मरेपछि

(26 votes, average 4.31 out of 5)
बुद्धिसागर- के के न गरौंला भन्ने छियो जिन्दगीमा। खेरै गो। यसरी यत्ति चाँडै मर्एला भन्ने त थिएन। मरिहालेँ।
बिहान सवा ३ बजे उठेर बाथरुम गएको थिएँ। फर्किएर ओछ्यानमा पल्टिएँ। त्यस्सैबेला छाति चसक्क भएको थियो। निदाए हुँला सोचेको थिएँ। ज्या मरेको पो रैछु।
जम्मा ३० वर्षको त भएको थिएँ। बेलाबेला घुच्चुकतिर टनटनी दुखिरहन्थ्यो। निद्रा कम भएको होला भन्ठानेको त ब्लड प्रेसर पो बढेको रैछ। त्यसका पनि रातैपिच्छे अनेकथरि कमसल रक्सी। अनि चुरोटका बट्टा। मुटु त गैसकेको रैछ, यार।
विस्तृतमा

नौ दिन बाँकी

(8 votes, average 4.00 out of 5)
मनोज दाहाल- एकपछि अर्को चुरोट सल्काइरहेका छन् सभासद दाइ। दुई घन्टाको बसाइमा सूर्य चुरोटको सानो बट्टै रित्याउन लागिसके। उदास छन् बिचरा।
म उनीमा गहिरो उदासी देखिरहेको छु।
मलाई उदासी मन पर्र्दैन। उदास हुनु राम्रो होइन। एउटा उदास मान्छेले वरिपरिका थुप्रैलाई उदास पार्न सक्छ। एउटा उदास मान्छेको उपस्थितिमा वातावरण नै उदास-उदास हुन्छ।
विस्तृतमा

जीवनशैली बदले सही ब्लडप्रेसर

(3 votes, average 3.33 out of 5)
डा. भारत रावत, डा. अभिनव वैद्य- नेपालमा उच्च रक्तचापको समस्या बढ्दै गएको छ। दुई दशकमा यो समस्या तीन गुणा बढेको हालैको एक अध्ययनले देखाएको छ। नेपालमा प्रत्येक पाँचजना प्रौढमध्ये एकजनामा उच्च रक्तचापको समस्या रहेको पटक-पटक गरिएको अध्ययनले देखाएको छ। नेपालका करिब ४० लाख प्रौढहरूमा उच्च रक्तचापको समस्या छ।
विस्तृतमा
Page 3 of 9

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

शनिबार