Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Feb 19th

तारा नउदाएको आकाश

(4 votes, average 4.00 out of 5)
सन्तोष शर्मा- २०५९ जेठ २८। आफ्नो जन्मदिनमा गायिका लोचन भट्टराईले रत्नपार्कमा एक साथीको हातमा एउटा पुस्तक देखिन्।
सोधिन्, 'के हो?'
'भीमदर्शन रोकाको कविता।'
'खै, हेरूँ त!'
भीमदर्शन लोचनले हेरिरहेको, खोजिरहेको मान्छे। शंकर लामिछानेको निबन्ध पनि पढेकी थिइन् उनले, 'भीमदर्शन रोका' शीर्षकमा।
विस्तृतमा
 

किन छिट्टै फर्के भारतीय सेनाध्यक्ष?

किन छिट्टै फर्के भारतीय सेनाध्यक्ष?

मणि दाहाल- सबै कुरा सामान्य भइदिएको भए भारतीय स्थल सेनाध्यक्ष जनरल विजयकुमार (भिके) सिंह शनिबारसम्म नेपाली समकक्षीको मेजमानीमा हुन्थे।

'प्राकृतिक विपत्ति सामना' विषयक क्षेत्रीय सैनिक सम्मेलनमा प्रमुख अतिथि बनेर चारदिनलाई काठमाडौं आउने भनिएका उनी भ्रमण छोंट्टयाएर दिल्ली फर्कनुपर्ने थिएन। उनी दुई दिन बसेर शुक्रबार फर्केका हुन्। थप दुईदिने बसाइमा नेपाली सेनासँग सहकार्य विस्तार र सहयोगसम्बन्धी छलफल गर्ने पूर्वनिधारित कार्यक्रम थियो।

विस्तृतमा

पहलमानसिंह स्वारको गाउँमा

(4 votes, average 4.75 out of 5)
महेशविक्रम शाह- मेरा लड्याइला बयालपाटा, तेरी सात सलाम नौ ढोग छ, तोजसो रामडो बाहाडी ठाउँ अँत मै कहि धेक्यान, लेकडाडो पनि तेरै नाउ हो राइक्या बयालपाटा, चिद्या पिपल पनि तेरै नाउ हो राइक्या बयालपाटा, त उसै पन रामडो छै, तोमी माइस कैले खाली हुदाइन धेकी बयालपाटा, जैदिन राम रंग हौं छोर्‍याटा छोर्‍याटी तेरी मथी मी सुद्यै उल्चौडाइ फुल्चौडाई हट्टा छन्,
विस्तृतमा

फेसबुक पार्टी

(10 votes, average 4.20 out of 5)
मनोज दाहाल- त्यो दिन दशमी थियो, शुक्लपक्षको दशमी। मैले पर्दाबाट चिहाएर बाहिर हेरेँ- जूनको रोशनीले जगत जगमगाइरहेको थियो। मन भित्रैदेखि शितल भयो।
पर्दा पूरै खोलेँ। जूनको उज्यालो जिउमै ठोक्कियो र कोठै उज्यालो भयो।
मध्यरात कटिसकेको थियो। एक बज्नै लागेको थियो। घरका सबै सुतिसकेका थिए। म एक्लै ल्यापटपमा ट्याकट्याक किबोर्ड बजाइरहेको थिएँ।
विस्तृतमा

लेखक भर्सेस प्रकाशक

(4 votes, average 4.00 out of 5)

सन्तोष शर्मा- पाँचसात वर्षअघि नेपाली लेखक काखीमा पाण्डुलिपि च्यापेर प्रकाशककोमा धाउँथे। नयाँ पुस्तक छापिनु लेखकका लागि सौभाग्य हुन्थ्यो। फुटकर रचना मात्र छापिने लेखकको गणना हुन गाह्रै हुन्थ्यो। त्यसैले लेखक आफंैले सुखदुःख पैसा खर्च गरेर पुस्तक छाप्थे। केही साथीभाइलाई बाँड्थे, केही आफैं पुस्तक पसलमा छाड्न पुग्थे। पुस्तक बिके पनि पसलबाट पैसा उठाउन धाइरहनुपर्थ्यो।

विस्तृतमा

बुहारी डिपार्टमेन्ट !

(13 votes, average 3.69 out of 5)
बसन्त बस्नेत- कक्षामा खुट्टा टेक्ने ठाउँ छैन। समाजशास्त्री तथा प्राध्यापक चैतन्य मिश्र ह्वाइटबोर्डमा घोट्टिइरहेका छन्। बीचैमा एक विद्यार्थी पस्छ। खाली कुर्सी नदेखेपछि आत्तिन्छ। तत्काल आफूलाई सम्हाल्छ। अनि सरले नदेख्ने गरी सबैलाई नमस्कार टक्र्याउँछ। विद्यार्थी 'हाँस्न चाहन्छन्' तर हाँस्दैनन्। लाग्छ, उनीहरू मिश्र सरको एकाग्रता भंग गर्नुलाई सानोतिनो अपराध मान्छन्।
विस्तृतमा

तिम्रो छातीमाथि चुरे छ कि छैन?

(10 votes, average 4.80 out of 5)
तीर्थबहादुर श्रेष्ठ- 'नेपाली नेपालको माया छ कि छैन?'
धेरै खेल्यै नेपालको तिमी छातीमाझ,
तिम्रो छातीमाथि पनि नेपाल छ कि छैन?

गोपाल योञ्जनका स्वरमा गुञ्जने यिनै गीतका गेडाहरूले प्रश्न गरेझैं चुरेसँग साइनो राख्ने ३३ जिल्लाका प्रतिनिधि सांसद एवं नेताहरू समक्ष 'तिम्रो छातीमाथि पनि चुरे छ कि छैन?' भन्ने प्रश्न तेर्स्याइ चुरे संरक्षण भेला बोलाउनुपरेको छ।

विस्तृतमा
Page 6 of 9

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

शनिबार