समाज

स्थानीय विकास मन्त्रालय सिंहदरबारको नयाँ भवनमा

काठमाडौं, असार ७ (नागरिक)- पुल्चोकबाट स्थानीय विकास मन्त्रालय सिंहदरबारभित्र नवनिर्मित भवनमा सर्ने भएको छ। आउँदो आइतबार मन्त्रालय पुल्चोकबाट सिंहदरबार सर्ने भएको हो। सबै मन्त्रालय सिंहदरबारभित्र सार्ने सरकारी योजनाअनुसार स्थानीयलाई पनि सिंहदरबार सारिएको हो।
विस्तृतमा

राजधानीमा उच्चशिक्षा मेला

काठमाडौं, असार ७- राजधानीमा आज (बिहीबार) चारदिने '११ औं हायर एजुकेसन एन्ड करिअर फेयर २०१२' नामक शैक्षिक प्रदर्शनी सुरु हुँदैछ। प्रदर्शनीको तयारी पूरा भएको बुधबार आयोजित कार्यक्रममा आयोजक डाइरेक्सन नेपालले जनाएको छ।
विस्तृतमा

तीन दिनदेखि पोखराको 'क्यासिनो ग्राण्ड' बन्द

मनोज अधिकारी, पोखरा, असार ७ - मुलुककै सर्वाधिक व्यस्तमध्येको एक 'क्यासिनो ग्राण्ड' मजदुर-कर्मचारीका मागका विषयलाई लिएर अनिश्चितकालिन बन्द भएको छ।
विस्तृतमा

शरदचन्द शाहको सिङ्गापुरमा निधन

(4 votes, average 3.50 out of 5)
काठमाडौँ, असार ६ - राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव शरदचन्द शाहको आज सिङ्गापुरमा निधन भएको छ। उपचारका लागि सिङ्गापुरमा रहेका ६६ वर्षीय शाहको उपचारकाक्रममै आज निधन भएको शाहका सहयोगी मनोज प्रधानले जानकारी दिए।
विस्तृतमा

विषालु च्याउ खाँदा चार सिकिस्त

दमक, असार ६- दक्षिण इलामको चुलाचुली–७ आइतबारेमा विषालु च्याउ खाएर एकै परिवारका चार जना सिकिस्त बिरामी परेका छन्। जङ्गलबाट खोजेर ल्याएको च्याउ खाँदा स्थानीय देवीप्रसाद हाङ्सुरुम्बाकी श्रीमती ४२ वर्षीया फूलमाया, २२ वर्षीय छोरो अजित, १९ वर्षीय छोरो अमित र १६ वर्षीया छोरी सावित्रा सिकिस्त बिरामी परेका हुन्।
विस्तृतमा

कैदी-बन्दीले प्लसटु मागे

(2 votes, average 4.50 out of 5)
रुबी रौनियार, काठमाडौं, असार ६- प्राइभेट परीक्षा दिने व्यवस्था खारेज हुँदा केन्द्रीय कारागारबाट एसएलसी उत्तीर्ण पौने एक सय विद्यार्थीको उच्च शिक्षा अन्योलग्रस्त छ। सरकारले तीन वर्षअघि बिनाविकल्प त्रिभुवन विश्वविद्यालयबाट प्रमाणपत्र तह खारेज गरेपछि यस्तो समस्या आएको हो। उच्च माध्यमिक शिक्षा परिषदअन्तर्गत प्राइभेट परीक्षा व्यस्वस्था छैन।
विस्तृतमा

चट्याङले लागेर सिरहामा एकको मृत्यु

गोलबजार (सिरहा), असार ६-सिरहाको पोखरभिण्डा गाविसमा चट्याङले लागेर गएराति एकजनाको मृत्यु भएको छ। चट्याङ लागेर पोखरभिण्डा गाविस-५ पर्सा टोल बस्ने ४५ वर्षीय रामबाबु राजधोबीको मृत्यु भएको हो।
विस्तृतमा

बसपार्क जग्गा बिक्री आरोपीलाई ८० लाख धरौटी माग

महेश्वर चामलिङ राई, उदयपुर, असार ६- एक महिनाअघि पक्राउ परेका पूर्वपश्चिम बरुवा बसपार्क नगर एकीकृतका अध्यक्ष देवीमाया कटुवाललगायत चारजनासँग अदालतले मागेको ८० लाख धरौटी रकम बुझाउन नसकेपछि मंगलबार कारागार चलान भएका छन्।
विस्तृतमा
Page 15 of 15
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता