समाज

देशैभर असार १५ (फोटो फिचर)

(2 votes, average 5.00 out of 5)
देशैभर असार १५ (फोटो फिचर) काठमाडौं, असार १५ (नागरिक)- मानो खाएर मुरी उमार्ने दिनका रुपमा लिइँदै आएको असार १५ आज देशैभर मनाइएको छ। आजको दिन हिलो छ्यापाछ्याप गर्दै दही-चिउरा खाने चलन छ। असार १५ किसानका साथै राजनीतिक दलका नेताहरुले पनि मनाएका छन्। आजको दिनलाई पोखरामा विशेष पर्यटन प्रवर्द्धन गर्ने उद्देश्‍ले पनि मनाइन्छ। पोखरामा पर्यटक दौड, माछा समाउने र असारे गीतको प्रतियोगिता पनि हुने गरिन्छ। हेरौं नागरिकन्युजकर्मीहरुले खिचेका तस्बिरहरु :
विस्तृतमा

छिमेकीको बाथरुममा झुन्डिएर मृत्यु

(2 votes, average 3.50 out of 5)
काठमाडौँ, असार १५ (नागरिक)- महाराजगञ्जमा एक १४ वर्षीया किशोरी छिमेकीको घरको बाथरुममा झुण्डिएर मरेको अवस्थामा फेला परेका छन्।
विस्तृतमा

अंश विवादमा भाउजुको हत्या

(1 vote, average 5.00 out of 5)
दमक, असार १५- अंशबन्डा विवादमा झापाको पाँचगाछी-७ की एक महिलाको हत्या भएको छ। बिहीबार बिहान राजकुमार श्रेष्ठले अंशविवादमा भाउज्यू हेमकुमारीलाई कोदालोले काटेर घाइते बनाएका थिए।
विस्तृतमा

कृष्ण धराबासीले बिहे गरे

(6 votes, average 2.83 out of 5)
कृष्ण धराबासीले बिहे गरे

काठमाडौं, असार १५ (नागरिक) - डेढ वर्षअघि श्रीमती गुमाएका साहित्यकार कृष्ण धराबासीले शुक्रबार मञ्जु बिमलीसँग बिहे गरेका छन्। धुम्बाराहीको रुवी पार्टी प्यालेसमा परम्परागत विधिअनुसार नै उनले अर्को बिहे गरेका हुन्। विवाह समारोहमा धराबासी परिवारका कोही पनि उपस्थित भएनन्।

विस्तृतमा

एक सय नाइट्रोसन ट्याबलेट सहित दुई जना पक्राउ

(1 vote, average 1.00 out of 5)
विराटनगर, असार १५- विराटनगर उपमहानगरपालिका-३ स्थित विराट नर्सिङ होम पछाडि शङ्कास्पद अवस्थामा बसेका दुईजना युवालाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ। विराटनगर-२ बस्ने २० वर्षीय सुमन राई र विराटनगर-१० का १८ वर्षीय सुरज भुसाललाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
विस्तृतमा

जन्ती बोकेको जिप दुर्घटना, दुईको मृत्यु

राजविराज, असार १५ - सप्तरीको रुपनी चौकमा बिहीबार राति जन्ती लिएर गइरहेको म्याजिक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। रायपुर-६ बाट रायपुर-८ मा जन्ती लिएर गइरहेको ना.१ज २८६० नम्बरको जिप एक्कासि पल्टिँदा गम्भीर घाइते भएका रायपुर-६ निवासी सीताराम यादवका छोरा २० वर्षीय रामकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
विस्तृतमा

असार १५ : छैन रोपाइको रौनक

(2 votes, average 1.50 out of 5)
दमक, असार १५-धान रोपाइँको चटारो हुने असार १५ को दिन यो वर्ष भने पर्याप्त वर्षा नहुँदा खल्लो महसुस गरिएको छ। किसानका ब्याडमा धानको बीउ लहलह हुर्किसकेको भए पनि राज्यले घोषणा गरेको 'राष्ट्रिय धान दिवस' अर्थात् असार १५ मा झापामा रोपाइँको रौनक छाउन सकेको छैन।
विस्तृतमा

बेच्नुअघि बजिर सिंह आफैं चेलीको अस्मिता लुट्थे

(8 votes, average 4.38 out of 5)

ध्रुव दंगाल, सिन्धुपाल्चोक, असार १५- 'प्रलोभनमा पारेर भारतमा ल्याइने हरेक चेलीको अस्मिता पहिले उसैले लुट्थ्यो। सुरुमा केही दिन आफैंसँग राखेर अघाउन्जेल खेलवाड गरेपछि मात्र कोठीमा लग्थ्यो।

विस्तृतमा

साइप्रस पठाउने भन्दै करोड ठगी

शेरबहादुर केसी, बुटवल, असार १५- साइप्रस पठाइदिने भन्दै सर्वसाधारणको एक करोड रुपैयाँ असुलेर रमेश केसीसहित तीनजना बुधबार राति फरार भएका छन्। उनीहरुले कम्तीमा ५० जनासँग ५० हजारदेखि ४ लाख रुपैयाँसम्म असुलेको प्रहरीले जनाएको छ।
विस्तृतमा
Page 4 of 15
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता