समाज

पहिरोमा परी ८ को मृत्यु

समुन्द्र पौडेल, तनहुँ, असार १५- बिहीबार रातीबाट परेको अबिरल वर्षाका कारण तनहुँ र बाग्लुङमा गएको पहिरोमा परी ८ जनाको मृत्यु भएकव छ। तनहुँको जामुनेमा एउटा घर भत्किदाँ घरमा बसेका ७ जनाको मृत्यु भएको छ। जामुने १,ट्याक्की डाँडामा साइबहादुर विकको घर भत्किदाँ उनकी श्रीमती, बहिनी, छोरी र छिमेकीको मृत्यु भएको प्रहरीले जनाएको छ।
विस्तृतमा

हराए असारे भाका र टुक्का

हराए असारे भाका र टुक्का
समुन्द्र पौडेल, तनहुँ, असार १५ - न भित्र खोक्रो न बाहिर बोक्रो, गुलियो कसार...

हनुमान ढोका उघारी हेर्दा लागेछ असार...

कृषकको माना रोपेर मुरी उब्जाउने असार महिना शुरु भएपनि खेतमा कृषक अहिले कुनै रौनक छैन्। गर्मी बढ्नुका साथै यस वर्ष धान ढिलो पाकेपछि तनहुँका कृषकहरु अहिले धान काट्नमै व्यस्त छन्। केही कृषक भने असार १५ लाई छेउछाउ पार्दै रोपाईमा जुटिसकेका छन्।

विस्तृतमा

पोखरा-बाग्लुङ राजमार्ग पहिरोको जोखिममा

सन्तोष पोखरेल, पोखरा, असार १५- सेती नदीले धार परिवर्तन गरेर तीव्ररुपमा कटान गर्न थालेपछि पोखरा-बागलुङ राजमार्गको हेम्जास्थित याम्दीखण्ड उच्च जोखिममा परेको छ। बाढिले तीव्ररुपमा कटान गर्दै जाँदा जुनसुकै बेला राजमार्ग भासिन सक्ने खतरामा पुगेको छ।
विस्तृतमा

हिलाम्मे सडकले सास्ती

खिलानाथ ढकाल, विराटनगर, असार १५- वर्षासँगै विराटनगर उपमहानगरपालिकाका भत्किएका साना सडक हिलाम्मे हुने गरेका कारण आवतजावतमा सर्वसाधारणले कठीन व्यहोरिरहेका छन्। समयमै मर्मत नगरिँदा भत्किएका सडकमा जमेको पानीले हिँडडुलमा कठीन भएको हो।
विस्तृतमा

सक्षम बन्दै पिछडिएका युवती

चाँदनी हमाल, हेटौंडा, असार १५- मकवानपुरको विकट काँकडा माइसिराङकी १८ वर्षीया रमिसा प्रजा गाउँबाट एक्लै बाहिर हिँड्न पनि डराउँथिन्। ६ घन्टा पैदल दुरीको मनहरी बजार आउँदा पनि परिवारको साथ लाग्नुपर्ने बाध्यता थियो।
विस्तृतमा

सिंहलाई कार, स्कुटी महर्जनलाई (भिडियोसहित)

(1 vote, average 5.00 out of 5)
सिंहलाई कार, स्कुटी महर्जनलाई (भिडियोसहित) काठमाडौं, असार १४ (नागरिक)- नेपाल रिपब्लिक मिडिया, नागरिक दैनिकको 'भाग्य मनी घर धनी' अफरअन्तर्गत तेस्रो महिनाको टाटा नानो कार विजेता सुन्धाराका शंकरमान सिंह र महेन्द्राको स्कुटी विजेता त्रिपुरेश्वरका किरणकुमार महर्जनलाई हस्तान्तरण गरिएको छ।
विस्तृतमा

फेसबुकले भेटायो २७ वर्षपछि आफन्तलाई

ओखलढुङ्गा, असार १४- घरपरिवारबाट करिब तीन दशकसम्म सम्पर्कविहीन हुनुभएका बलखु गाविस- ७ का भरत धमलाका लागि फेसबुक परिवारसँग भेट गर्ने गतिलो सहारा बन्यो। धमला घर छाडेर हिँडेको २७ वर्षपछि फेसबुककै सहाराले आफन्तको सम्पर्कमा आएका छन्।
विस्तृतमा

तलब बुझेका शिक्षकको १६ लाख लुटियो

खगेन्द्र अधिकारी, ताप्लेजुङ, असार १४- तेह्रथुमको पोखरी उच्चमावि छातेढुङगा र सररस्वती निमावि होडाको अन्तिम चौमासिक तलव ल्याउदै गर्दा बीचबाटोमै लुटेराहरुले लुटेका छन्। मंगलबार दिउँसो २ बजे नेपाल बैंक तेह्रथुम शाखाबाट तलब स्वरुप बुझेको रकम घर फर्कने क्रममा हिजो साँझ बाटोमै लुटिएको हो।
विस्तृतमा

वैदेशिक रोजगारीमा गएका दुई युवती सम्पर्कविहीन

(1 vote, average 3.00 out of 5)
इलाम, असार १३ (नागरिक) - वैदेशिक रोजगारीका लागि कुवेत गएका महमाई गाउँ विकास समितिका दुई युवती लामो समययता सम्पर्कविहीन छन्। महमाई - ६ की २२ वर्षीया इन्द्रमाया नेम्बाङ अढाई वर्षयता सम्पर्कमा नरहेको परिवारजनले बताएका छन्।
विस्तृतमा
Page 5 of 15
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता