समाज

नक्कली जग्गाधनी प्रहरी फन्दामा

भैरहवा, असार १३ - जिल्ला मालपोत कार्यालय भैरहवामा अर्कैको नाममा रहेको जग्गा आफ्नो हो भनी नक्कली जग्गाधनी बनेर बिक्री गर्न खोज्ने र नक्कली जग्गाधनीबाट जग्गा आफ्नो नाममा पास गर्न खोज्ने तथा कीर्ते काममा साक्षी बस्नेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको छ।
विस्तृतमा

४.५ किलो यार्सागुम्बा ल्याउन हेलिकप्टर चार्टर्ड

(1 vote, average 5.00 out of 5)
४.५ किलो यार्सागुम्बा ल्याउन हेलिकप्टर चार्टर्ड म्याग्दी (बाबियाचौर), असार १३ - लुटिने डर भएपछि म्याग्दीमा संकलित यार्सागुम्बा हेलिकप्टर चार्टर गरी बुधबार राजधानी पठाइएको छ। असुरक्षाका कारण व्यापारीले हेलिकोप्टर चार्टर गरेर यार्सागुम्बा ढुवानी गरेका हुन्। पैसा बोकेर गाउँमा पुग्दा लुटिने डरले दुई लाख तिरेर माउन्टेन एयरको हेलिकोप्टर चार्टर गरिएको व्यापारी दलमान पुनले बताए।
विस्तृतमा

पूर्व भन्सार प्रमुख खड्का भ्रष्टाचारी ठहर, जरिवाना र कैद सजाय

विनिता दाहाल, काठमाडौं, असार १३- सर्वोच्च अदालतले मेची भन्सार कार्यालयका तत्कालीन प्रमुख केशरजङ्ग खड्कालाई भ्रष्टाचारी ठहर गर्दै ३२ लाख ४० हजार बिगो, त्यति नै जरिवाना र ९ महिना कैदको फैसला सुनाएको छ।
विस्तृतमा

सार्वजनिक स्थलमा चुरोट खाने ८४ जना पक्राउ

(4 votes, average 5.00 out of 5)
केपी ढुंगाना, काठमाडौं, असार १३- सार्वजनिक स्थानमा चुरोट खाने ८४ जनालाई प्रहरीले पक्राउ गरेको छ। सार्वजनिक स्थानहरु, अस्पताल, भिडभाड हुने ठाउँमा उभिएर चुरोट तानिरहेकालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो। उनीहरुलाई विभिन्न प्रहरी कार्यालयमा राखिएको छ।
विस्तृतमा

सीमा क्षेत्रमा सघाउन चीन तयार

तातोपानी, असार १३ (नागरिक)- नेपाली सीमा क्षेत्रको विकासमा सघाउन चीन सँधै तत्पर रहेको चिनियाँ राजदुत याङ हाउलानले बताएका छन्। चिनियाँ दुतावासको सहयोगमा सीमा नाका तातोपानीमा निर्मित कोदारी उच्च माविको तीन कोठे भवनको बुधबार उद्घाटन गर्दै उनले भने, 'चीन सरकारले गर्ने सहयोगमा कुनै कञ्जुस्याई हुने छैन।'
विस्तृतमा

ससुरालीमै श्रीमती र छोरीको हत्या

राजु अधिकारी, झापा, असार १३- भारतको मणिपुरका स्थायी बासिन्दा शोभा मणिपुरेले झापाको जलथल-४ मा रहेकी आफ्नी ३० वर्षे पत्‍नी नरमाया तथा ३ महिनाकी छोरी रेविकाको हत्या गरेका छन्। वैशाखदेखि ससुराली गाउँमा बस्दै आएका उनले छोराको समेत हत्या प्रयास गरेका छन्।
विस्तृतमा

हावाहुरीका कारण एकको मृत्यु

सिन्धुलीमाढी, असार १३- आज अपराह्न हावाहुरीसँगै आएको असिना पानीका कारण एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका- ५ निवासी ७७ वर्षीय मङ्गलबहादुर तामाङ रहेको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक फडीन्द्र पौडेलले बताए।
विस्तृतमा

सेती नियन्त्रण गर्न माग गर्दै पोखरा-बागलुङ राजमार्ग अवरुद्ध

पोखरा, असार १३-सेती गण्डकी बाढीपीडित सरोकार समिति हेम्जाले आज पोखरा-बाग्लुङ राजमार्गको यातायात सेवा अवरुद्ध गरेका छन्। राजमार्ग नजिकबाट बग्ने सेती नदीले हेम्जाको याम्दीमा धार परिवर्तन गरी भइरहेको कटानका कारण नौ घर विस्थापित भएकाले नदी नियन्त्रणको माग गर्दै समितिले दबाबस्वरुप यातायात सेवा बन्द गरेको हो।

विस्तृतमा

पौडेललाई आइसियुबाट सारियो

(2 votes, average 5.00 out of 5)
दीपक दाहाल, काठमाडौं, असार १३- उच्च रक्तचाप र नियमोनियाबाट ग्रसित कांग्रेस उपसभापति रामचन्द्र पौडेललाई आइसियुबाट जनरल वार्डमा सारिएको छ। स्वास्थ्यमा सुधार देखिएपछि उनलाई आज जनरल वार्डको एमएसटु-६०१ बेडमा सारिएको हो।
विस्तृतमा
Page 6 of 15
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता