समाज

सहिद परिवारले राष्ट्रपतिलाई खबरदारी पत्र बुझाउने

काठमाडौँ, असार १३ (नागरिक)- विभिन्न राजनैतिक कालखण्डका सहिद परिवार र सहिद सम्बन्धी विभिन्न संघसंस्थाले राष्ट्रपति रामवरण यादवलाई भेटी खबरदारी पत्र बुझाउने भएका छन्।
विस्तृतमा

पहिरोले बगाएर महिलाको मृत्यु

खगेन्द्र अधिकारी, ताप्लेजुङ, असार १३- ताप्लेजुङको मेहेलेमा गएराति गएको पहिरोले बगाएर एक महिलाको मृत्यु भएको छ। पहिरो जाँदा बेपत्ता मेहेले १ की ५० वर्षीया मनकुमारी राई मृत अवस्थामा फेला परेकी स्थानीय खुवा निमावीका शिक्षक जीवन राईले बताए।
विस्तृतमा

बबरमहल विस्फोटका 'नाइके' पाँचथरमा पक्राउ

(1 vote, average 5.00 out of 5)
बबरमहल विस्फोटका 'नाइके' पाँचथरमा पक्राउ खिलानाथ ढकाल, विराटनगर, असार १३- चार महिनाअघि काठमाडौँको बबरमहलमा तीन जनाको ज्यान जाने गरी गराइएको बम विस्फोटको जिम्मेवारी सञ्चारमाध्यममार्फत् लिने देवराज लामा भनिने राजकुमार तामाङलाई प्रहरीले गएराति पाँचथरमा गिरफ्तार गरेको छ। क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले आज पत्रकार सम्मेलन गर्दै उनलाई सार्वजनिक गरेको छ।
विस्तृतमा

चियापसलेलाई इन्सपेक्टरको नौ चड्कन

(8 votes, average 3.50 out of 5)
चियापसलेलाई इन्सपेक्टरको नौ चड्कन अर्पण श्रेष्ठ, काठमाडौं, असार १३- सोमबार बेलुका ११:३५ बजे। राजधानीको नर्भिक र प्रसूतिगृह अस्पतालबाहिर सेतो सिआरभीका प्रहरी तयारी अवस्थामा थिए। तीनवटा चियापसल र एउटा औषधीपसलमा ग्राहक ओहोदोहोर गरिरहेका थिए।  प्रहरीको निलो भ्यान आएर पसल अगाडि रोकियो। एक पसलमा गर्भवती लिएर अस्पताल आएका आफन्त उनका लागि दूध किन्दै थिए। प्रहरीको भ्यान देखेलगत्तै पसल सञ्चालक प्रमोदले ग्राहकलाई बाहिर जान इशारा गरे। अन्य पसल सञ्चालकले पनि सटर तान्न थाले। उनले पनि आफ्ना सहयोगीलाई सटर बन्द गर्न अह्राए। 

विस्तृतमा

निलो प्लेटमा सरकारी सवारी

(2 votes, average 3.00 out of 5)
सुरेन्द्र पौडेल, काठमाडौं, असार १३- राष्ट्रसंघको नाममा दर्ता निलो प्लेटका दुइटा गाडी एउटै नम्बर राखेर काठमाडौँमा गुडिरहेका छन्। '६६-१-१४०९' नम्बरका ती गाडी एउटा राष्ट्रसंघ र अर्को सिँचाइ विभाग सिँचाइ व्यवस्थापन महाशाखाले प्रयोग गर्छन्।
विस्तृतमा

इम्जा ताल फुट्ने हल्लाले जनजीवन त्रसित

सोलुखुम्बु, असार १३- इम्जा हिमताल फुट्ने अपुष्ट खबरले सोलुखुम्बुवासी त्रसित बनेका छन्।
विस्तृतमा

'हल्लाकै भर'मा २ सय प्रहरीको राजीनामा

केपी ढुंगाना, काठमाडौं, असार १३- प्रहरी प्रधान कार्यालयले अवकासपछि पाइने उपचार खर्च कट्टा गर्न लागेको भन्ने चर्चासँगै २ सयभन्दा बढी प्रहरीले राजीनामा दिएका छन्। साउनदेखि प्रहरी अस्पतालको स्तरवृद्धिका लागि उपचार बापतको रकम कट्टा हुने खबर फैलिएपछि तल्ला दर्जाका प्रहरीले राजीनामा बुझाएका हुन् ।
विस्तृतमा

स्वास्थ्य शिविरमा बिरामीको भीड

पाल्पा, असार १३ (नागरिक)- पाल्पाको पूर्वी भेगमा पर्ने प्राथमिक स्वास्थ्य केन्द्र रामपुरमा चलेको बिशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिबिरमा विरामीको भीड लागेको छ। उपचारका लागि पाल्पाका दर्जन गाविसबाट र नवलपरासी, स्याङ्जा र तनहुँका गाउँहरुबाट समेत विरामी आएका बताइएको छ।
विस्तृतमा

बन्दुकसहित तीन पक्राउ

सिन्धुपाल्चोक, असार १३ (नागरिक)- भरुवा बन्दुकसहित प्रहरीले सोमबार राति तीन जनालाई पक्राउ गरेको छ। महिनाअघि अर्थमन्त्री वर्षमान पुन सहभागी कार्यक्रममा बम पड्काउने व्यक्तिको खोजी गर्दा गोल्चे गाविसबाट उनीहरू पक्राउ परेका हुन्।
विस्तृतमा
Page 7 of 15
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता