समाज

चोरीका एघार मोटरसाइकल र एउटा बोलेरो बरामद

गोलबजार (सिरहा), असार १२ - ट्राफिक प्रहरीले सिरहाको विभिन्न सडकखण्डमा गरेको जाँचका क्रममा दर्जनौँ चोरीका अवैध सवारीसाधन बरामद गरेको छ। एक महिनाभित्र ११ वटा विभिन्न कम्पनीका नेपाली नम्बर प्लेटका चोरीका मोटरसाइकल र एउटा नक्कली भारतीय नम्बर प्लेटको बोलेरो गाडी बरामद गरिएको हो।
विस्तृतमा

राप्रपा कार्यकर्ताको घाँटी रेटी हत्या

काठमाडौँ, असार १२ (नागरिक)- राष्ट्रिय प्रजातन्त्र पार्टीका एक कार्यकर्तालाई गएराति अज्ञात समूहले खुकुरी प्रहार गरी हत्या गरेको छ। सुनसरीको गौतमपुर गाविसस्थित पार्टी गाउँ समितिका अध्यक्ष रविलाल मेहताको हत्या भएको पार्टी सचिव किरणहरि विष्टले जनाएका छन्।
विस्तृतमा

हुरीले विद्युत पोल ढाल्यो, इन्टरनेट पनि बन्द

मिथिलेश यादव, लाहन, असार १२ - हिजो राति चलेको हावा हुरीले विजुलीका पोलहरु ढालेपछि १२ घन्टादेखि सिराह जिल्लामा विद्युत आपूर्ति ठप्प भएको छ। लहान नगरपालिकाभित्रमात्रै १० वटा विजुलीका पोल ढलेका छन् भने संयौं घरका छाना उडाएको छ। वर्ड लिङंकको टावरसमेत ढलेका कारण इन्टरनेट अवरुद्ध छ।
विस्तृतमा

टिचिङको आन्दोलन फिर्ता

काठमाडौं, असार १२ (नागरिक)- योग्यता र वरियताका आधारमा असार २० भित्र पदाधिकारी नियुक्त गर्न त्रिभुवन विश्वविद्यालय सहमत भएपछि टिचिङ अस्पतालका चिकित्सकले आन्दोलन फिर्ता लिएका छन्।
विस्तृतमा

दुर्घटनामा परी मृत्यु हुने १० जनाकै सनाखत

(1 vote, average 3.00 out of 5)
पुष्पराज जोशी, डोटी, असार १२ - डडेल्धुरादेखि महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रुवाहक माइक्रोबस डोटीको छतिवन गाविस वडा नं. ९ रुवसकाडामा पल्टँदा १० जनाको घटनास्थलमै मृत्यु भएको छ। बिहान सवा ८ बजे महाकाली यातायातको से १ ख ५०२ नम्वरको हाइस बस सडकबाट डेढ सय मिटर तल खसेको हो।
विस्तृतमा

कलेजअगाडि नेविसंघको चक्काजाम

(1 vote, average 4.00 out of 5)
काठमाडौँ, असार १२ (नागरिक)- आफ्ना कार्यकर्ताहरुमाथि हातपात भएको र डिजेल तथा मट्टितेलमा गरिएको मूल्यवृद्धिको विरोधमा काठमाडौँका कलेजहरुबाहिर नेविसंघले एक घण्टा चक्काजाम गरेको छ। कार्यालय समयमा भएको चक्काजामले यात्रुहरुलाई अप्ठेरो परेको थियो।
विस्तृतमा

देशको भूषण थियो कवि कृष्णभूषण

किशोर नेपाल, काठमाडौँ, असार १२- काठमाडौं एक्लैले अब काठमाडौं बोक्न सक्दैन, काठमाडौं एक्लैले अब सिंगो नेपाल थाम्न सक्दैन

कविहरू कालजयी हुन्छन्। देशका राजनीतिक दलहरुले संघीयताको नारा लगाउनुभन्दा धेरै पहिले कवि कृष्णभूषण बलले कवितामार्फत संघीय सत्ताको आवश्यकताको अभिव्यक्ति दिइसकेका थिए। देशको सामूहिक चिन्तन प्रक्रियामा अहिले चारैतिर संघीयता छाएको छ। काठमाडौं एक्लैले अब सिंगो नेपाल थाम्न नसक्ने सत्य स्थापित भइसकेको छ।

विस्तृतमा

साढे चार करोडमा कालिका मन्दिरको विकास

दिलीप पौडेल, बाग्लुङ, असार १२- पानीले चुहिने भएको बाग्लुङको ऐतिहासिक कालिका भगवती मन्दिरको छाना फेरिने भएको छ। जीर्ण भएको छानालाई तामाले छाउन लागिएको हो। हिन्दु धर्मको आस्थाको धरोहर 'कालिका मन्दिर'को विकास गर्न साढे चार करोडको 'एकीकृत मन्दिर विकास' योजना निर्माण गरी कार्यान्वयन सुरु गरिएको छ।
विस्तृतमा

खेतकै च्याउले बिरामी

रमेशकुमार पौडेल, चितवन, असार १२- च्याउ खाँदा बिरामी परेका दुई परिवारले खेत र करेसामै उम्रिएको र सधैं खाँदै आएको च्याउ खाएको बताएका छन्। आइतबार बिरामी परेका चितवन र मकवानपुरका दुई परिवारको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
विस्तृतमा
Page 8 of 15
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता