समाज

शिक्षकले भत्ता लिए, पोसाक लगाएनन्

जनक केसी, जाजरकोट, असार १२- सरकारले निजामती कर्मचारीलाई जस्तैगरी सामुदायिक विद्यालयका शिक्षकलाई पोसाक लागउन भत्ता दिए पनि जाजरकोटका शिक्षकले पोसाक लगाएका छैनन्। जिल्लाको सदरमुकाम खलंगाको त्रिभुवन उच्च माविबाहेक अन्य सामुदायिक विद्यालयका शिक्षकले नेपाल शिक्षक युनियनले पोशाकको रंग नतोकेको भन्दै पोसाक नलगाएका हुन्।
विस्तृतमा

खोलाले बगाउँदा दुईको मृत्यु

इलाम,  असार ११-इलामको दक्षिणी चुलाचुली र महमाई गाविसको बीचमा पर्ने चाँजो खोलाले बगाउँदा दुईजनाको मृत्युभएको छ।
विस्तृतमा

कैदी र भेट्न जाने दुबै क्यामराको निगरानीमा

काठमाडौं, असार ११ (नागरिक) - केन्द्रीय अनुसन्धान ब्युरोले विभिन्न कसुरमा कैदमा रहेका बन्दीहरुको क्रियाकलाप तथा उनीहरुलाई भेट्न आउनेमाथि क्यामराबाट निगारनी सुरु गरेको छ। जेलभित्र रहेका कैदीहरु अपराधिक गतिविधिमा सक्रिय हुनसक्ने सम्भावना रहेकाले यस्तो निगरानी बढाइएको हो।
विस्तृतमा

एकै परिवारका तीन सदस्यको शव फेला

रमेश खतिवडा, दोलखा, असार ११- दोलखाको नाम्दु-२, स्थित गोपीखोलाको किनारमा एकै परिवारका ३ जनाको शव फेला परेको छ। गैरीमुदी-१, बस्ने ३५ वर्षीया बालकुमारी तमाङ, उनको ७ वर्षीय छोरा दावादोर्जे तमाङ र ३ वर्षीय निमा तमाङको शव फेला परेको हो। उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ।
विस्तृतमा

कोशीमा खतराको रातो झन्डा

(2 votes, average 3.50 out of 5)
अमर खड्का, इटहरी, असार ११- मनसुन सुरु हुनासाथ सप्तकोशीमा पानीको बहाव बढेपछि खतरा संकेत गर्ने रातो झन्डा गाडिएको छ। पानीको बहाव १ लाख ५३ हजार ५ सय ४३ क्युसेक पानी पुगेपछि  २४ वटा ढोका खोलिएको ब्यारेजमा खतराको रातो झन्डा गाडिएको हो।
विस्तृतमा

रात्रीबसले ठक्कर दिँदा सूचना विभागअगाडि साइकलयात्रीको मृत्यु

काठमाडौँ, असार ११- गएराति सूचना विभागअगाडि एक रात्रिबसले ठक्कर दिँदा पेप्सीकोलाका २१ वर्षीय साइकल यात्रु सुरज श्रेष्ठको मृत्यु भएको छ।
विस्तृतमा

देशभरका निजी अस्पतालको अवस्था नाजुक

दीपक दाहाल, काठमाडौं, असार ११- देशभरका अधिकांश निजी अस्पतालको भौतिक संरचना तथा गुणस्तरीय जनशक्ति अभाव रहेको पाइएको छ। अधिकांश निजी अस्पतालमा विशेषज्ञ चिकित्सक, उपकरण, उपयुक्त कोठा, पार्किङ, एम्बुलेन्स लगायत नभएको मन्त्रालयको अनुगमनले देखाएको छ।
विस्तृतमा

मनपरी शुल्क असुल्दै उच्चमावि

(1 vote, average 5.00 out of 5)
रुबी रौनियार, काठमाडौं, असार ११- सरकारले उच्चमाध्यमिक तहमा शुल्क निर्धारण गर्न नसक्दा विद्यार्थी चर्को शुल्क तिर्न बाध्य छन्। शिक्षा मन्त्रालयले तीनपटक शुल्क निर्धारण समिति गठन गरे पनि शुल्क निर्धारण भएन।
विस्तृतमा

पानी होइन, सरकार बेइमानी!

पानी होइन, सरकार बेइमानी!
उपेन्द्र लामिछाने, काठमाडौँ, असार ११- टालटुल गरेर बनाएको छानोले वर्षाको पानी थेग्न नसकेपछि कोठामा आहाल छ। ओढ्ने, ओछ्याउने पुराना कपडा भिजेका छन्। केटाकेटीका पढ्ने किताब कहाँ पुगे, टुंगो छैन। पानी परेको बेला परिवारका सदस्यले अनिदोमा रात काट्नुको विकल्प छैन। यस्तो बिजोग पानीले नभई सरकारले बनाएको थापाथली बागमती किनारस्थित सुकुम्बासी बस्तीमा बस्दै आएकी चन्द्रिका राईको निष्कर्ष छ।
विस्तृतमा
Page 9 of 15
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता