समाज

भारतीय ट्रकमा अज्ञात समूहले आगो लगाए

चितवन, असार ११- चितवनको रत्ननगरमा गएराति एक समूहले पेट्रोल छर्किएर एक भारतीय ट्रकमा आगजनी गरेको छ।
विस्तृतमा

पौडेलका भाइको हत्यामा संलग्न तीन जनालाई जन्म कैद

रमेशकुमार पौडेल, चितवन, असार १०- भरतपुरका निर्माण व्यवसायी गोपी पौडेलका हत्या गरेको अभियोग लागेका १८ जनामध्ये तीन जनालाई आइतबार चितवन जिल्ला अदालतले सर्वोश्वसहित जन्म कैदको सजाय सुनाएको छ। वि स २०६६ जेठमा हत्या भएका गोपी कारागारभित्रै हत्या गरिएका चितवन तरुण दलका तत्कालीन जिल्ला अध्यक्ष शिव पौडेलका सहोदर कान्छा भाइ हुन्।
विस्तृतमा

मनसुनमा कतै घाम कतै पानी

मनसुनमा कतै घाम कतै पानी
श्याम भट्ट, काठमाडौं,असार १०- समय भन्दा छ दिन पछि आएको मनसुनले अझैं मुलुकलाई साता बितिसक्दा पनि सबैलाई राहत दिन सकेको छैन। कमजोर रूपमा प्रवेष गरेको मनसुन स्थिर हुन नसक्दा राहतको आशा लिएकाहरू यसको प्रवृतिका कारण सन्तुष्ट छैनन्। शनिबार पूर्वको ओखलढुंगामा ५६ दसमलब २ मिलिमीटर पानी वर्षिदा नजिकैको धनकुटा, बिराट नगर र राजविराजसुख्खा रहे। यही हालत सुदूरपश्चिममा पनि रह्यो ।
विस्तृतमा

प्रहरीमा राजीनामा लहर

(1 vote, average 5.00 out of 5)
विराटनगर, असार १०-नेपाल प्रहरीमा कार्यरत आधिकांश प्रहरीले नोकरी अवधि नपुगी बीचमै धमाधम राजीनामा दिन थालेका छन्। वर्तमान सरकारले प्रहरीले नोकरी छोड्दाको अवधिमा उनीहरुले पाउने औषधि उपचार रकम खर्चबापत एकमुष्ट रकम नदिने निर्णय गर्ने तयारी गरेको भन्ने हल्ला बाहिर आएपछि यो निर्णय हुनु अगाडि नै राजीनामा दिन थालेका हुन्।
विस्तृतमा

माटोको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु

बाँके (खजुरा), असार १०-माटोको ढिस्कोले पुरिएर बाँकेको चिसापानीमा दुई महिलाको मृत्यु भएको छ।
विस्तृतमा

च्याउ खाएपछि छ जना बिरामी

रमेशकुमार पौडेल, चितवन, असार १०- खेतमा फलेको च्याउ पकाएर खाएका एकै घरका छ जना बिरामी परेका छन्। चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार आइतबार बिहान च्याउ पकाएर खाएका पूर्वी चितवन वीरेन्द्रनगर-३, का छ जनालाई उपचारका लगि भरतपुर अस्पताल भर्ना गरिएको छ।
विस्तृतमा

ठक्करबाट बालकको मृत्यु

विराटनगर, असार १० (नागरिक)- उर्लाबारी-विराटनगर सडकको इटहरा खण्डमा आइतबार मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु भएको छ।
विस्तृतमा

कङ्ग्रेस नेता पौडेललाई अझै तीन दिन आइसीयुमा राख्नुपर्ने

(3 votes, average 3.67 out of 5)
दीपक दाहाल, काठमाडौँ, असार १०- नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेललाई अझै तीन दिन सघन उपचार कक्ष (आइसीयु) मा राखी उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन्।  घाँटीको समस्या देखिएपछि आज बिहान उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको थियो। 
विस्तृतमा

दिनमा पटक्कै नदेख्ने रातमा मज्जाले देख्ने बालक

(3 votes, average 4.67 out of 5)
खलङ्गा (बैतडी), असार १०- विपन्न घरपरिवारमा जन्मेका कतिपयलाई भिटामिन 'ए' को कमी भएर रातमा आँखा नदेख्ने रतन्धो रोगले सताएको हुन्छ तर बैतडीमा विपन्न घरका एक बालक यस्ता पनि छन् जसले दिनमा पटक्कै आँखा नदेख्ने तर रातमा मजाले देख्न सक्छन्।
विस्तृतमा
Page 10 of 15
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता