समाज

'मलखादको हाहाकार रोक्न किसानलाई राहत देऊ'

काठमाडौँ, असार १७-नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बाली लगाउने बेलामा मलखादको हाहाकारमा परेका किसानलाई राहत दिन सरकार गम्भीर हुनुपर्ने बताएका छन्। यशोदादेवी मेमोरियल ट्रस्टले शनिबार गोङ्गबुस्थित मनमैजुमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै उनले धान रोप्ने बेलामा किसानहरु मलखादको मारमा परेका भन्दै उनीहरुको समस्या समाधान गर्न तत्काल राहतका कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरे।
विस्तृतमा

लिटिल लेडीले देखाए प्रतिभा

काठमाडौं, असार १७- आगामी मंगलबार सम्पन्न हुन लागेको लिटिल लेडी प्रतियोगिताको अन्तिम चरणमा लिटिल लेडी प्रतियोगीहरुले शनिवार आ-आफ्नो प्रतिभा प्रदर्शन गरेका छन्। शनिवार सम्पन्न भएको सो प्रदर्शनमा २७ जना प्रतियोगीहरुले भाषण,नृत्य,खेल,गीत,अभिनय,बाद्यबाधन गरी छुट्टा-छुट्टै प्रदर्शन गरेका थिए।
विस्तृतमा

धानखेतमा घर फल्न थालेपछि...

उपेन्द्र लामिछाने, मनहरा फाँट -भक्ततपुर), असार १७- मनहरा फाँट ‐भक्तपुर) असार १४-खेतीयोग्य जमिनमा घर बन्ने क्रम बढेपछि तरकारी खेती गरेर गुजारा चलाउँदै आएका नगदेशका किसान चिन्तित छन्। पुस्तैनी जग्गा अपुग भएपछि जमिन भाडामा लिएर खेती गर्दै आएका उनीहरूलाई आगामी दिनमा खेतीयोग्य जमिन नपाइएला भन्ने डर छ।
विस्तृतमा

त्रिवि स्ववियुमा आगजनी

बसन्त बस्नेत, काठमाडौं, असार १७- त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु कार्यालय शुक्रबार राति आगजनीले पूर्ण क्षतिग्रस्त भएको छ। राति साढे १० बजे ट्याक्सीमा आएका करिब एक दर्जन विद्यार्थीले आगजनी गरेको सुरक्षा गार्डलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।
विस्तृतमा

लैनचौर-गोल्फुटार सडक विस्तार सुरु

अर्जुन सुवेदी, काठमाडौं, असार १७ - काठमाडौं उपत्यका सडक विस्तार अभियान अन्तर्गत शनिबार लैनचौरस्थित खानी विभागदेखि लाजिम्पाट, महाराजगन्ज हुँदै गोल्फुटारसम्मको सडक ओगटेर बनाइएका अतिक्रमित संरचना भत्काइएको छ।

विस्तृतमा

सहकर्मी दंगाल सम्मानित

काठमाडौं, असार १६ (नागरिक)- योङहाङ समाजद्वारा सिन्धुपाल्चोक सहकर्मी ध्रव दंगाल शनिबार राजधानीमा नगद पुरस्कारसहित सम्मानित भएका छन्। शिक्षा क्षेत्रका विकास कलम चलाएवापत समाले दंगाललाई सम्मान गरेको हो।
विस्तृतमा

यौन मामिलामा संलग्न जोडी पक्राउ

(3 votes, average 4.67 out of 5)
अमर खड्का, इटहरी, असार १६ - इटहरी तथा आसपासका क्षेत्रमा खुलेका क्याविन -रेष्टुरेन्टबाट शनिबार प्रहरीले ३७ जनालाई पक्राउ गरेको छ। किशोरीलाई राखेर यौनधन्दा सञ्चालन गरेको गुनासो बढन थालेपछि प्रहरीले दिउँसो छापा मार्दा १७ जना किशोरी र २० जना पुरुषलाई पक्राउ गरेको हो।
विस्तृतमा

बजेटमा कृषिलाई प्राथमिकता

बुटवल, असार १६- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले आगामी बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिइने बताएका छन्।
उनले कृषि क्षेत्रमा सरकारी लगानी बढाएर आयातलाई प्रतिस्थापन गर्ने गरी काम भइरहेको बताए।
विस्तृतमा

लडेर महिलाको मृत्यु

बाग्लुङ, असार १६(नागरिक)- जिल्लाको निसी गाविसमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
विस्तृतमा
Page 2 of 15
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता