तलब बुझेका शिक्षकको १६ लाख लुटियो

E-mail Print
(0 votes, average 0 out of 5)
खगेन्द्र अधिकारी, ताप्लेजुङ, असार १४- तेह्रथुमको पोखरी उच्चमावि छातेढुङगा र सररस्वती निमावि होडाको अन्तिम चौमासिक तलव ल्याउदै गर्दा बीचबाटोमै लुटेराहरुले लुटेका छन्। मंगलबार दिउँसो २ बजे नेपाल बैंक तेह्रथुम शाखाबाट तलब स्वरुप बुझेको रकम घर फर्कने क्रममा हिजो साँझ बाटोमै लुटिएको हो।


दश-बाह्र जनाको संख्यामा रहेका नकावधारी समूहले पोखरी उच्चमावि नजिक सुकेपोखरीबाट दुई स्कूलको जम्मा १६ लाख ४ हजार २ सय रुपैया लुटेर लगेको पीडित पोखरी उच्चमाविका कार्यालय सहयोगी चुडामणि घिमिरेलाई उदृत गर्दै छातेढुङ्गा अस्थाइ प्रहरी चौकीका इन्चार्ज ज्ञानु भट्टराइले जानकारी दिए।

घिमिरे र सरस्वती निमावि होडाका शिक्षक लोकानाथ पकुवाल तेह्रथुम सदरमुकाम म्याङ्लुङबाट तलब लिएर फर्किने क्रममा हिजो साँझ ७ : ४५ बजे अज्ञात समुहले रकम लिएर फरार भएको पीडितले बताएका छन्। रकम लुट्ने समुहले नगद लानुका साथै घिमिरे र पकुवाललाई कुटपिट समेत गरेका छन्। प्रहरी चौकीका इन्चार्ज भट्राइले अभियुक्तहरुको खोजिकार्य भइरहेको जानकारी दिए।

मंगलबार दिउसो २ बजे नेपाल बैक लिमिटेड तेह्रथुम शाखाबाट रकम निकालेको र गए साँझ सदरमुकामबाट आउने क्रममा बीचबाटैमा रकम लुटिएको पीडितले बताएका छन्। लुटेराहरुले पहिले उभिन भनेको र खुकुरी देखाई पैसा बोकेको झोलाको उजिन्डो काटेर झोला लिएर फरार बनेको घिमिरे बताए। लुटेराहरुको खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ। पीडित घिमिरे र पकुवाललाई पनि अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ। लुटेरा समुहले पोखरी उच्च माविको साढे १२ लाख तथा सरस्वती निमावीको करिव ४ लाख रुपैंया लगेको प्रहरीले बताएको छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता