सिंहलाई कार, स्कुटी महर्जनलाई (भिडियोसहित)

E-mail Print
(1 vote, average 5.00 out of 5)
काठमाडौं, असार १४ (नागरिक)- नेपाल रिपब्लिक मिडिया, नागरिक दैनिकको 'भाग्य मनी घर धनी' अफरअन्तर्गत तेस्रो महिनाको टाटा नानो कार विजेता सुन्धाराका शंकरमान सिंह र महेन्द्राको स्कुटी विजेता त्रिपुरेश्वरका किरणकुमार महर्जनलाई हस्तान्तरण गरिएको छ।
 

मिडिया कार्यालयमा बिहीबार एक कार्यक्रमबीच उनीहरुलाई पुरस्कार वितरण गरिएको हो। कार्यक्रममा नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीद्वारा उनीहरुलाई पुरस्कारको साँचो हस्तान्तरण गरिएको थियो।
नानो कारको साँचो पाएका सिंहले दंग पर्दै भने, 'नानो कार पर्‍यो, खुसी छु।' उनले अन्य पाठकलाई पनि नागरिकको ग्राहक बनी योजनामा सहभागी हुन सुझाएका थिए।

त्यस्तै स्कुटी विजेता महर्जनले आफूलाई स्कुटी परेको विश्‍वासै नलागेको बताए। उनले भने- भर्खरै स्कुटीको साँचो पाएँ, साँच्चिकै परेको रहेछ। बल्ल पत्याएँ। 
कार्यक्रममा नागरिक दैनिकका प्रधान सम्पादक किशोर नेपाल सहसम्पादक राजेन्द्र ज्ञवाली, रिपब्लिका दैनिकका प्रधान सम्पादक कसमस विश्वकर्मा, प्रेम खनाल लगायतको उपस्थिति थियो।

दुई साताअघि कुपन नम्बर २९४८९ का सिंह नानो र कुपन ३४२२७ का महर्जनलाई महेन्द्राको स्कुटी विजेता घोषणा गरिएको थियो।

यो अफरअन्तर्गत हरेक महिना एक/एक जनालाई नानो कार र स्कुटर प्रदान गरिन्छ। यसबाहेक नागरिकको ग्राहक बन्नेलाई हरेक दिन, हरेक साता यसैगरी अन्य उपहार प्रदान गरिन्छ भने बम्पर उपहारबापत एक जनालाई काठमाडौं नयाँ बानेश्वर नजिक बाग्मती अपार्टमेन्टमा २ बेडरुमको अपार्टमेन्ट पनि प्रदान गरिने योजना छ।
भिडियो हेर्नुस् :

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता