हराए असारे भाका र टुक्का

E-mail Print
(0 votes, average 0 out of 5)

समुन्द्र पौडेल, तनहुँ, असार १५ - न भित्र खोक्रो न बाहिर बोक्रो, गुलियो कसार...

हनुमान ढोका उघारी हेर्दा लागेछ असार...

कृषकको माना रोपेर मुरी उब्जाउने असार महिना शुरु भएपनि खेतमा कृषक अहिले कुनै रौनक छैन्। गर्मी बढ्नुका साथै यस वर्ष धान ढिलो पाकेपछि तनहुँका कृषकहरु अहिले धान काट्नमै व्यस्त छन्। केही कृषक भने असार १५ लाई छेउछाउ पार्दै रोपाईमा जुटिसकेका छन्।

 
'असार शुरु भएपनि खेतमा कुनै रौनक छैन्,' घाँसिकुवा-३, कमलबारीकी संगिता पाण्डेले भनिन, 'रोपाईमा असारे गीतहरु पनि गाइन छाड्यो।' युवा रोपाहारले गीत गाउन छाडेपछि गीत लोप हुने अवस्थामा पुगेको अनुभव छ उनको।

बुढापाकाले असारको रोपाईको दिनलाई वर्णन गर्ने गरेको जस्तो उल्लास नभएको कमलबारीकै लक्ष्मी कैनीले बताइन्। 'आजकालको खल्लो असारे रोपाई देखेर बाबु आमाले पनि गुनासो गर्ने गर्नुहुन्छ,' उनले भनिन, 'पहिले हाम्रो पालामा रमाइलो हुन्थ्यो भन्नु हुन्छ तर हामीले त्यसलाई अनुभव गर्न पाएनौ।'


बाल्यकालमा खेतका रोपाहार र हलीलाई पानी पुर्‍याउन आमासंगै माइत ऋषिङ पाटनका फाँटमा झर्ने गरेकी व्यास-३ रानीगाउँकी कला पौडेल ति दिन अझै सम्झन्छिन्। 'रोपाईमा छतरी ओडेर असारे गीत गाएको सुन्दा निकै रमाइलो लाग्थ्यो,' उनले भनिन, 'विवाह गरेर आएपछि घरतिर रोपाईको क्रममा खासै असारे गीत सुन्न पाइन्।' बाल्यकाललाई सम्झदै उनले असारे गीत गुनगुनाइन् -

'छुपुमा छुपु खेतमै रोपु, हातको बिउ छउन्जेल
जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यु छइन्जेल'

पछिल्लो समयमा रोपाईको क्रममा असारे गीत गाउन छाडिएपछि गीत संगै टुक्का पनि लोप हुने अवस्थामा पुगेको रानीगाउँकी ६४ वर्षीया कोषकुमारी भट्टले बताइन्। 'रोपाईका बेला मैले गीत झिक्छु, अरु रोपाहारले गीत छोप्छन्' बुढ्यौलीमा पनि खेतमा काम गर्दै गरेकी उनले भनिन, 'म मरेपछि यो फाँटमा असारे गीत पनि मर्छ की जस्तो लाग्छ।' पछिल्लो पीढिले असारे गीत गाउँदा लजाउने र हास्ने गरेकाले गीत संकटमा परेको उनले बताइन्। रोपाहार र खेतालालाई देखाउदै उनले भनिन, 'यिनीहरुलाई गाउँन सिक भन्दा उल्टै हासेर टाँरिदिन्छन्।'

असारे गीत गाएर रोपाई गर्दा दिन वितेको थाहा नपाइ धेरै काम समेत गरिने अनुभव छ कालिमाया दरैको। 'असारे गीत वर्षको एक महिना (असार) मा मात्र गाइन्छ।' उनले भनिन, 'रोपाईमा त गाइन छाड्यो छाड्यो, आजभोली रेडियोबाट समेत गीत सुनिदैन्।' असारे गीत र टुक्कालाई समयमै संरक्षण गर्नु पर्ने उनले बताइन्। 'असारे गीतले एकतिर रोपाईको समय काट्छ भने अर्को तिर आफ्नो पीर मर्का सुनाएर हलुका बनाइन्छ,' उनले भाका हालेर असारे गीत गाइन्,-

'असारै खाउला दुधिलो मकै, साउने खाउला खीर
घरमा छैन शितलु बचन, मनमा छैन थीर'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता