पोखरा-बाग्लुङ राजमार्ग पहिरोको जोखिममा

E-mail Print
(0 votes, average 0 out of 5)
सन्तोष पोखरेल, पोखरा, असार १५- सेती नदीले धार परिवर्तन गरेर तीव्ररुपमा कटान गर्न थालेपछि पोखरा-बागलुङ राजमार्गको हेम्जास्थित याम्दीखण्ड उच्च जोखिममा परेको छ। बाढिले तीव्ररुपमा कटान गर्दै जाँदा जुनसुकै बेला राजमार्ग भासिन सक्ने खतरामा पुगेको छ।
 

राजमार्ग भासिने खतरा बढेपछि डोजर लगाएर नदिको धार परिवर्तन गर्ने प्रयास भईरहेपनि पानीको वहाव बढेका कारण समस्या भईरहेको सेतीगण्डकी बाढिपीडित सरोकार समिति हेम्जाका सचिव मिनबहादुर थापाले बताए।

'धार परिवर्तनको लागि एउटा डोजरले निकास खोलिरहेपनि नदिमा पानीको बहाव बढेका कारण समस्या भएको छ' थापाले भने, 'सेती नदीलाई पुर्ववत अवस्थामा फर्काउने प्रयास भइरहे पनि बहाव बढेकोले मुस्किल भएको छ।' उनले अहिले नदीले कटान गरिरहेको ठाउँतिर पानी जान रोक लगाएर अर्को दिशाबाट 'च्यानल' खोल्ने प्रयास भइरहेको बताए।

थापाले पानी परेको खण्डमा अहिले खसिरहेको पहिरोले झनै ठुलो आकार लिने हुँदा राजमार्ग जुनसुकै बेला भासिन सक्ने खतरा रहेको बताए। 'नदिको धार परिवर्नत गरेर पहिरो खसिरहेको ठाउँमा तटबन्ध निर्माण नगरे राजमार्ग जुनसुकै बेला खस्न सक्छ' उनले भने, जतिसक्दो छिटो तटबन्ध निर्माण गर्नुपर्ने जरुरी छ।'

राजमार्गबाट पहिरो खसेको ठाउँसम्मको सबैभन्दा नजिकको दूरी करिब दस मिटर मात्र बाँकी रहेको र उक्त ठाउँमा विस्तारै माटो खसिरहेकाले राजमार्ग जोखिममा रहेको उनले बताए। 'राजमार्ग र पहिरो झरेको ठाउँको दुरी अब दश मिटर मात्र बाँकी छ, स-साना ढुंगा सहितको माटो झर्ने क्रम जारी छ' उनले भने, 'बेलैमा सचेत नभए धवलागिरी अञ्चल नै राजमार्गबाट सम्पर्क विच्छेद हुनसक्छ।' पानी परेको खण्डमा पहिरो झर्ने खतरा झनै बढी रहेको उनले बताए।

नदीको कटानले राजमार्ग जोखिममा परेको भन्दै नदीको धार परिवर्तन र तटबन्ध निर्माण गर्न दबाब दिँदै स्थानीयबासिले बुधबार करिब दस घण्टा हेम्जा खण्डमा सवारी गुड्न रोक लगाएका थिए। पहिरोको खतरा बढेपछि यसअघि नै याम्दीका ९ घरपरिवार बिस्थापित भइसकेका छन्।

वैशाख २३ गते सेतीनदिमा बाढी आएपछि नदीले धार परिवर्तन गरेर बस्तितिरको बाटो लिएको थियो। बाढि आउनुअघि नदीबाट करिब ५० मिटर टाढाका घर अहिले पहिरोमा बग्ने अवस्थामा पुगेका छन्। नदीको सतहभन्दा करिब ६० मिटर उचाईबाट निरन्तर पहिरो झरिरहेको छ। असार ४ गतेदेखि सेतीनदिले उक्त स्थानमा निरन्तर कटान गर्न थालेको थियो।

जतिसक्दो छिटो धार परिवर्तन नगरे राजमार्ग सहित पुरै वस्ती र खेतीयोग्य जमिन बगरमा परिणत हुने हेम्जा गाविस सचिव भरतराज पौडेलले बताए। उनले राजमार्गमा ठुला सवारी गुड्दा हुने थर्कनका कारण पनि भत्किने क्रम तिब्र रहेको बताए।
'राजमार्ग र पहिरोको दुरी अब दश मिटरमात्र छ, सडकमा गुडेका सवारीको थर्कन र तलको कटानका कारण भत्कने क्रम तिब्र छ' उनले भने, 'भू-बनोट कमजोर रहेकोले पनि कटान छिटो भएको छ।' उनले याम्दी र राजमार्ग जोगाउनका लागि सेतीनदिमा करिब २ सय मिटर लामो र दश मिटर अग्लो तटबन्ध बनाउनुपर्ने बताए।

'ढुंगाको बलियो तटबन्द बनाएर नदीको धार परिवर्नत नगरेसम्म राजमार्ग र वस्ती जोगाउन सकिँदैन' पौडेलले भने, 'हामीले पटक-पटक सम्बन्धित निकायमा यसबारेमा जानकारी गराएपनि कसैले चाँसो देखाएनन्।' बैशाखको बाढिमा आएको लेदोले नदीको उक्त क्षेत्रको सतह करिब ५ देखि १० मिटर माथिसम्म बढेर धार परिवर्तन भएको उनले बताए। 'धार परिर्वतन हुनासाथ रोकावटको पहल गरेको भए अहिलेको अवस्था आउने थिएन' पौडेलले भने।

तिब्र रुपमा भइरहेको कटानका कारण जुनसुकै बेला राजमार्ग भासिन सक्ने खतरा रहेको डिभिजन सडक कार्यालयका ईन्जिनियर विश्वविजयलाल श्रेष्ठले बताए। वर्षादको प्रारम्भ मात्र भएकोले नदिमा अझै ठुलो बाढि आउने खतरा रहेकोले कटान बढ्दै जाँदा राजमार्ग जुनसुकै बेला खस्न सक्ने उनले बताए।

'अहिले वर्षाको सुरु मात्र हो, यो भन्दा ठुलो बाढि आउने समय अझै बाँकी छ, त्यो बेला जेपनि हुनसक्छ' श्रेष्ठले नागरिकसँग भने, 'तटबन्ध बनाएर राजमार्ग जोगाउनुपर्छ।' राजमार्गको करिब ५० मिट दुरि निकै जोखिममा रहेको उनले बताए।

अहिले बगिरहेको नदीको धार परिर्वतनका लागि गहिरो च्यानल खोलिदिने र कटान भएको क्षेत्रमा 'ग्याभिन' बनाएर जोखिम कम गर्न सकिने उनले बताए। 'हिउँद नलागेसम्म 'ग्याभिन' बनाउन पनि सक्ने अवस्था छैन, हामीसँग प्रयाप्त पुर्वाधार र सामग्री अभाव छ' उनले भने, 'त्यसैले हालको विकल्प पानीको धार परिवर्तन गर्ने मात्र हो।'

कास्कीका प्रमुख जिल्ला अधिकारी चेतनाथ भट्टराईले स्थानीय तहमा उपलब्ध प्रविधि लगाएर नदीको धार परिवर्तनको पहल भईरहेको बताए। उनले स्थानीयस्तरमा प्रसस्त साधनश्रोत नहुँदा नदी नियन्त्रणमा समस्या परेको बताए। नदीले तिब्र रुपमा कटान गरिरहेकोले राजमार्ग र बस्ती जोगाउनु जरुरी रहेको उनले बताए। 'हाम्रो क्षमताले नभेटेपछि गृहमन्त्रालयमा समेत यसको बारेमा जानकारी गराईसकेको छु' उनले भने, 'थप प्रविधि भित्र्याएर कटान नियन्त्रणको प्रयास गर्छौं।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता