हिलाम्मे सडकले सास्ती

E-mail Print
(0 votes, average 0 out of 5)
खिलानाथ ढकाल, विराटनगर, असार १५- वर्षासँगै विराटनगर उपमहानगरपालिकाका भत्किएका साना सडक हिलाम्मे हुने गरेका कारण आवतजावतमा सर्वसाधारणले कठीन व्यहोरिरहेका छन्। समयमै मर्मत नगरिँदा भत्किएका सडकमा जमेको पानीले हिँडडुलमा कठीन भएको हो।
 

स्थानीयका अनुसार विराटनगरका साना सडक वर्षौंदेखि मर्मत गरिएका छैनन्। जसका कारण वर्षा हुनेवित्तिकै सडक पोखरीजस्तै हुने गरेका छन्। साना सवारी, साइकल, रिक्सा साथै बाटो हिँड्ने सर्वसाधारणले यसको असर भोगिरहेका छन्।

'हिँड्दैपिच्छे गाडीले हिलो उछिट्याएर हैरान पारिसक्यो,' विराटनगर-५ का स्थानीय गोपाल कार्कीले भने, 'तीन वर्षजति भयो भत्किएको तर अहिलेसम्म बनाइएको छैन।' धेरै वर्षपहिले पक्की बनाइएका साना सडक अधिकांश भत्किसकेका छन्। समयमै मर्मत नगरिँदा सडकमा ठूला ठूला खाल्डा परेका छन्। 'थोरै वर्षा हुनेवित्तिकै सडक पोखरीजस्तो हुन्छ,' कार्की भन्छन्, 'हिँडडुल गर्नै मुस्किल परिरहेको छ।

विराटनगर उपमहानगरपालिकाका अनुसार विराटनगरका दर्जनौं साना सडक प्रायः भत्किएका छन्। भत्किन सुरू हुनासाथ मर्मत नगरिँदा यसले ठूलो रूप लिएको नगरपालिकाले जनाएको छ।

असार लागेपछिको वर्षाले अहिले विराटनगरका अधिकांश साना सडक हिँडडुल गर्न मुस्किल अवस्थामा छन्। 'मोटरसाइकल अनियन्त्रित भएर झन्डै दुर्घटना भयो,' बिहीबार सोमबारे हाटनजिक भत्किएको सडकमा भेटिएकी अनु दाहालले भनिन्।

नगरपालिकाका अनुसार हाटखोला-रंगेली, रंगेली हस्पिटल चोक, तीनपैनी-गोल्छा चोक, तीनपैनी गोश्वारा रोड, जलजलारोड, हस्पिटल-गोल्छामोड लगायतका सडक हिँडडुल गर्न अत्यधिक कठीन अवस्थामा छन्। 'पहिले-पहिले पुनःर्निमाणमा चासो नदिँदा यस्तो अवस्था आएको हो,' कार्यकारी अधिकृत गोपाल रेग्मीले नागरिकसँग भने, 'अहिले तत्कालै मर्मतको काम थाल्ने योजना छ।'

उनका अनुसार सडक बोर्ड र नगरपालिकाको २५/२५ लाख रूपैयाँमा भत्किएका सडक मर्मतको काम थालिहाल्ने योजना छ। 'सडक अनुगमनका लागि कर्मचारी खटाइएको छ,' रेग्मीले भने, 'लगत संकलन गरेपछि काम थाल्नेछौं।'

भत्किएका सडकको लगत संकलन नगरेका कारण रकमको स्टिमेट गर्न अफ्ठ्यारो परेको रेग्मीले बताए। सानो वर्षा हुँदै हिलाम्ये हुने ११ सडक पहिलो प्राथमिकतामा परेका छन्। 'अनुगमनलगत्तै टेण्डर प्रक्रियाद्वारा सडकको काम थाल्नेछौं,' रेग्मीले भने।

उनका अनुसार भत्किएका सडकलाई लक्षित गरी नगरपालिकाले दीगो कार्यक्रम ल्याउने भएको छ। 'पहिले-हिले भत्किएपछि मात्र बनाउने गरिन्थ्यो,' उनले भने, 'अब भत्किनेवित्तिकै मर्मत गरिहाल्ने गरी छुट्टै कोष सञ्चालन गरी त्यहीँबाट बजेट खर्च गर्ने कामको थालनी गरिने छ।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता