Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

लाजिम्पाटमा सडक विस्तार सुरु (फोटो फिचर)

E-mail Print
(3 votes, average 5.00 out of 5)
काठमाडौं, असार १६- काठमाडौँको लाजिम्पाटस्थित खानी विभागदेखि महाराजगन्जसम्म सडक विस्तार कार्य आज बिहानबाट भइरहेको छ। यसअघि स्थानीयवासीको विरोधका कारण स्थगन भएको विस्तार कार्य सरोकारवालासँगको सहमतिपछि आजबाट सुरु भएको हो।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश राईका अनुसार सो क्षेत्रमा सडक मिचेर बनाएका घर तथा भौतिक संरचना डोजर लगाएर भत्काएको छ भने कतिपय घर घरधनीले नै भत्काउने सहमति भएको छ।

आज बिहान ६ बजेबाट सुरु भएको यो कार्य साँझसम्म चल्ने र गोल्फुटारसम्म पुग्ने योजना रहेको उनले बताए। यस क्रममा आठवटा डोजर प्रयोग भइरहेको छ। विस्तार कार्यमा काठमाडौं महानगरपालिका, स्थानीयवासी, सडक विभाग, ट्राफिक प्रहरी र स्थानीय संस्थाको सहभागिता छ।

सडक मिचेर घरहरु बनाउँदा काठमाडौँका सडकहरु साँघुरो भई ट्राफिक व्यवस्थापनमा समस्या भएपछि सरकारले सडक विस्तार अभियानलाई तीव्रता दिएको हो। रासस
नागरिकन्युजकर्मी केशव थोकरले खिचेका दृश्‍य :










प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता