Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

बारामा १२ राउन्ड हवाइ फायर, ४० गाउँले घाइते

E-mail Print
(2 votes, average 5.00 out of 5)
रितेश त्रिपाठी, (चैनपुर), असार १६ (नागरिक)- बाराको चैनपुरस्थित चचान ग्रुपले सन्चालन गरेको उद्योगबाट निस्केको प्रदुषण रोक्न दबाब दिन गएका स्थानीयवासी र प्रहरीबीच आज झडप भएको छ । झडपमा ४० भन्दा बढी गाउँले घाइते भएका छन् ।

स्थानीयवासी लिप्निमलस्थित नारायणी राइस मिलबाट निस्केको फोहर र प्रदुषण रोक्न माग गर्दै मिलको गेटमा धर्ना दिन गएका थिए । धर्नामा गएका गाउँलेलाई भगाउन बारा र पर्सा जिल्ला प्रहरी प्रशासन कार्यालयबाट गएका प्रहरीले २ चोटी लाठीचार्ज गरेको थियो । गाउँले तितरवितर पार्न प्रहरीले १२ राउन्ड हवाइफायर गरेको थियो भने २ सेल अश्रु ग्यास हानेको थियो ।
झडपमा परेकी स्थानीय जोखिनीदेवीको अवस्था गम्भिर छ । यसैगरी सिमरा इलाका प्रहरीले ४ जनालाई घरबाटै निकालेर सिमरा लगेको छ ।
मिललाई सर्वोच्च अदालतले २०६७ साल कार्तिक ११ गते नै प्रदुषण रोक्न निर्देशन दिएको थियो । तर मिलले यसलाई वेवास्ता गर्दै आएको थियो ।
फोहरले गर्दा वरपरको वातावरण र स्थानीयवासीको स्वास्थमा असर पारको उनीहरुको आरोप छ ।

 


प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता