Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

बजेटमा कृषिलाई प्राथमिकता

E-mail Print
(0 votes, average 0 out of 5)
बुटवल, असार १६- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले आगामी बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिइने बताएका छन्।
उनले कृषि क्षेत्रमा सरकारी लगानी बढाएर आयातलाई प्रतिस्थापन गर्ने गरी काम भइरहेको बताए।
छपियामा मत्स्य पर्यटन विकासका संभावना र चुनौतीहरु विषयक कार्यशालाको उद्घान गर्दै उनले कृषिको व्यवसायीकरणका लागि सरकारी लगानी बढ्नु पर्ने भएकोले योजना आयोगले अहिले कृषि क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताए।
आगामी बर्षको बजेट ४ खर्ब २९ अर्बको हुने जानकारी दिदै उनले सवा १२ अर्ब रुपैंया कृषि क्षेत्रको लागि छुट्टयाइने जानकारी उपाध्यक्ष क्षेत्रीले दिए।
‘प्रधानमन्त्रीले कृषि क्षेत्रका लागि बजेट दोब्बर गर्न निर्देशन दिनुभएको छ , तर एकै पल्ट दोब्बर गर्ने अवस्था भएन,' उनले भने। उनले बजेट प्रशासनिक ढंगले तयार भइसकेको बताए। राजनैतिक सहमति भयो भने असारभित्रै पूर्ण आकारको बजेट आउने उनको भनाइ छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता