Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

यौन मामिलामा संलग्न जोडी पक्राउ

E-mail Print
(3 votes, average 4.67 out of 5)
अमर खड्का, इटहरी, असार १६ - इटहरी तथा आसपासका क्षेत्रमा खुलेका क्याविन -रेष्टुरेन्टबाट शनिबार प्रहरीले ३७ जनालाई पक्राउ गरेको छ। किशोरीलाई राखेर यौनधन्दा सञ्चालन गरेको गुनासो बढन थालेपछि प्रहरीले दिउँसो छापा मार्दा १७ जना किशोरी र २० जना पुरुषलाई पक्राउ गरेको हो।
  
प्रहरीले छापा मार्दा टिपटप होटलबाट लागुऔषधसहित सञ्चालकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीका अनुसार मोरङ् उर्लाबारी-६ का सुभाष विकलाई पक्राउ गरेको हो। उनको होटलबाट कोरेक्स ४९ बोतल, टिडीकजेसीक तीन फायल, कन्डम र सिरिन्ज बरामद गरेको प्रहरी निरीक्षक सागर थापाले बताए। उनले डेढ महिनाअघिदेखि दुई जना किशोरीलाई राखेर होटल सञ्चालन गदै आएकोमा लागुऔषधको कारोबार पनि गर्न थालेको खुलेको छ।

वैदेशिक रोजगारीका लागि छ बर्षसम्म साउदी अरब बसेका उनले यौनधन्दाका लागि किशोरीलाई राखेको सहजै स्वीकार गरे।

इटहरी तथा आसपासका क्षेत्रमा खुलेका बग्रेल्ती क्याविन-रेष्टुरेन्टमा प्रहरी निरीक्षकको कमाण्डमा तीनवटा टोलीले बाडिएर छापा मारेको थियो। प्रहरीले छापा मार्दा पक्राउ पर्ने अधिकांश पुरुष सप्तरी, मोरङ, उदयपुर र केही सुनसरीका छन्। पक्राउ पर्ने किशोरीहरुमा सुनसरीको झुम्का, इनरुवाको बलाहा, धरान, सोनापुर, भोजपुर र सप्तरीका छन्। पक्राउ परेकाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताए।

इटहरीका क्याविन-रेष्टुरेन्टमा यौनधन्दा हुन थालेपछि एक महिनाअघिदेखि प्रहरीले छापा मादै आएको छ। होटल व्यवसायी संघ इटहरीले पनि क्याविन-रेष्टुरेन्टमा आचारसंहिता लागु गर्ने तयारी थालेको छ। क्याविन-रेष्टुरेन्टमा काम गर्ने किशोरीलाई अनिवार्य ड्रेस, व्यवसायिक मापदण्डको पालना र ग्राहकसँग गर्ने व्यवहारमा परिवर्तन ल्याउँन आचारसंहिता लागु गर्ने तयारी थालेको जनाएको छ। होटल व्यवसायी रविन गौतमले शनिबार प्रहरीले छापा मार्ने क्रममा खानपानका लागि आएका ग्राहकलाई समेत प्रहरीले पक्राउ गरेको जनाए। 'प्रहरीले क्याविन-रेष्टुरेन्टबाट मात्र नभई होटलमा खानपानका लागि आएका ग्राहकलाइ पक्राउ गरेर लगेको छ,' उनले भने।

बेरोजगारी, अज्ञनता र अर्काको लहैहलैमा लाग]र इटहरी तथा आसपासका क्षेत्रमा खुलेका क्याविन-रेष्टुरेन्टमा किशोरी काम गर्न आउने गरेका छन्। मनोरञ्जनका लागि आउँने ग्राहकलाई क्याविन-रेष्टुरेन्ट सञ्चालकले किशोरीलाई प्रयोग गरी सेवा दिने गरेका छन्। यस्ता क्याविन-रेष्टुरेन्टमा काम गर्ने किशोरीहरुले न्युन पारिश्रमिक पाउने गरेका छन्। मासिक एक हजार पाँच सयदेखि दुई हजार पाँच सय सम्म पाउँने गरेको जानकारी दिइयो।

अघिल्लो वर्ष उप्का नेपालले इटहरी क्षेत्रमा १ सय ९५ जना किशोरी यौन धन्दामा संलग्न भएको तथ्याङ्क सार्वनिक गरेको थियो। तर, क्याविन-रेष्टुरेन्टको संख्या बढ्दै गएको र सञ्चालकले किशोरीलाई थप्ने क्रम पनि बढ्काले गर्दा दोब्बरभन्दा भएको अनुमान गरिएको छ।

इटहरी तथा आसपासका क्षेत्रमा दुई सयको हाराहारीमा क्याविन-रेष्टुरेन्ट छन्। एउटा क्याविन-रेष्टुरेन्टमा सरदर पाँच जना सम्म किशोरी राख्ने गरेको पत्ता लागेको छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता