Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

त्रिवि स्ववियुमा आगजनी

E-mail Print
(0 votes, average 0 out of 5)
बसन्त बस्नेत, काठमाडौं, असार १७- त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु कार्यालय शुक्रबार राति आगजनीले पूर्ण क्षतिग्रस्त भएको छ। राति साढे १० बजे ट्याक्सीमा आएका करिब एक दर्जन विद्यार्थीले आगजनी गरेको सुरक्षा गार्डलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

गत वर्षको असार २२ गते सञ्चालित एमए प्रथम वर्ष अर्थशास्त्र विषयको परीक्षाको शुक्रबार रिजल्ट आएको थियो। उक्त परीक्षामा पाठ्यपुस्तकबाहिरबाट प्रश्न आएको भन्दै राजधानीको सरस्वती र बुटवल क्याम्पसका सबै परीक्षार्थीले परीक्षा बहिस्कार गरेका थिए। उनीहरुले पुनः परीक्षा माग्दै आएका थिए। परक्षा बहिस्कार गर्नेको अनुत्तीर्ण रिजल्ट आएपछि स्ववियुविरुद्ध आक्रोशितले आगजनी गरेको विद्यार्थीको भनाइ छ।

एक दर्जनको संख्यामा आएकाहरुले पेट्रोल छर्केर आगजनी गरेपछि स्ववियुविरुद्ध नाराबाजी गरेको सुरक्षा गार्डले बताएको प्रहरीको भनाइ छ। आगजनीबाट कार्यालयका तीन कोठा पूरै जलेको टियु क्याम्पस स्ववियु सभापति हिमाल शर्माले शनिबार पत्रकार सम्मेलनमा जानकारी दिए।

 

आगजनीबाट करिब एक करोड २० लाख रुपैयाँबराबरको क्षति भएको शर्माले दाबी गरे। स्ववियुसँगैको अर्थशास्त्र केन्द्रीय विभागको ‰यालका सिसा फुटाइएको छ। आक्रोशित विद्यार्थीले कार्यालयको ढोका फोर्ने प्रयत्न गरेका थिए। अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्षसमेत रहेका शर्माले घटनामा असन्तुष्ट विद्यार्थीको संलग्नता भने इन्कार गरे।

'ट्याक्सी चढेर आएका १२ जनाले पेट्रोल छर्केर आगो लगाएका हुन्,' उनले भने, 'परीक्षाको बेला प्रश्नपत्र जबर्जस्ती च्यात्नेहरुलाई विश्वविद्यालयले कारबाही नगरेकाले यस्तो घटना भोग्नुपर्‍यो।' शैक्षिक माफियाहरुले आगजनी गर्न उक्साएको उनले आरोप लगाए।

आफूहरुले पुनः परीक्षा हुनुपर्ने माग पटकपटक गरे पनि परीक्षा नियन्त्रण कार्यालय र स्ववियुले बेवास्ता गरेको परीक्षा बहिस्कार गरेर अनुत्तीर्ण एक विद्यार्थीले बताए। 'विभागले त पुनः परीक्षा गर्न सहमति जनाएको थियो,' उनले भने, 'तर स्ववियुले राजनीतिक पूर्वाग्रहका कारण गर्न दिएन।'
बिहीबार रेक्टर कार्यालयमा बसेको परीक्षाफलसम्बन्धी बैठकमा पीडित विद्यार्थीको प्रतिनिधि नराखेको आक्रोशस्वरुप घटना भएको ती विद्यार्थीले जिकिर गरे। 'वार्तामा सहभागीहरु र स्ववियुले समेत उनीहरुको सहभागिताविना निर्णय गरेकाले यस्तो भएको हो,' उनले भने।

पुनः परीक्षा माग गरे पनि कसैले सुनुवाइ नगरेको उनीहरुको आरोप थियो। 'विभाग र डिनको कार्यालय पछिल्लो पटक जाँच गराउन सहमत भए पनि स्ववियुले राजनीतिक पूर्वाग्रह राखेर सुनुवाइ गरेन,' एक विद्यार्थीले भने, 'त्यसैले उनीहरुको आक्रोश स्ववियुतिर बढी गएको हुनुपर्छ।'
शर्माले ध्वस्त कार्यालयअगाडि पत्रकार सम्मेलन गर्दै स्ववियुले आइतबार उपकुलपतिसमक्ष उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीमाथि कारबाही गर्न विरोध र्‍याली र सभा गर्ने जानकारी दिए। एकीकृत माओवादी फुटेर बनेका दुवै अखिल (क्रान्तिकारी), नेविसंघ, अनेरास्ववियुलगायत विद्यार्थी संगठनहरुले विज्ञप्ति निकालेर आगजनीको भर्त्सना गरेका छन्।

पूर्वस्ववियु सभापति भीम श्रीषले जसले जुनसुकै उद्देश्य राखेर गराएको भए पनि घटना आपराधिक कदम भएको बताए। 'पछिल्लो समय विश्वविद्यालय आपराधिक गतिविधिबाट मुक्त थियो,' उनले भने, 'घटनालाई संवेदनशील रुपमा लिएका छौं, पूर्वसभापतिहरुको बैठक डाकेर निष्कर्षमा पुग्नेछौं।' त्रिभुवन विश्वविद्यालयमा २०५६ र २०५९ मा समेत आगजनी भएको थियो।

अर्थशास्त्र विभाग अहिले नेतृत्वविहीन छ। परीक्षा नियन्त्रण कार्यालयले अर्थशास्त्रका विभागीय प्रमुख रुद्र उपाध्यायलाई सोही परीक्षामा लापरबाही गरेको भन्दै यसअघि नै कारबाही गरेको थियो।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता