Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

धानखेतमा घर फल्न थालेपछि...

E-mail Print
(0 votes, average 0 out of 5)
उपेन्द्र लामिछाने, मनहरा फाँट -भक्ततपुर), असार १७- मनहरा फाँट ‐भक्तपुर) असार १४-खेतीयोग्य जमिनमा घर बन्ने क्रम बढेपछि तरकारी खेती गरेर गुजारा चलाउँदै आएका नगदेशका किसान चिन्तित छन्। पुस्तैनी जग्गा अपुग भएपछि जमिन भाडामा लिएर खेती गर्दै आएका उनीहरूलाई आगामी दिनमा खेतीयोग्य जमिन नपाइएला भन्ने डर छ।
मनहरा फाँटअन्तर्गत पेप्सिकोला क्षेत्रमा तरकारी खेती गर्दै आएका मध्यपुर नगरपालिका-६ नगदेशका ज्ञानकुमार मकैः त्यस क्षेत्रका जमिनमा धमाधम घर बन्न थालेपछि निलवाराही क्षेत्रमा आएर तरकारी खेती गर्दैछन्। तर यता पनि उस्तै समस्याले पिरोल्न थालेको उनले सुनाए। 'यताका जमिन पनि धमाधम प्लटिङ हुँदैछ,' उनले भने, 'यस्तै हो भने अबको केही वर्षमा हामीले खेती गर्ने ठाउँ पाउँदैनौं।' प्रतिरोपनी वार्षिक ११ हजार तिरेर खेती गर्दै आएका उनले एक रोपनी खेतबाट करिब ५० हजार आम्दानी हुने गरेको सुनाए।

यसै ठाउँमा ५ रोपनी जमिन भाडामा लिएर तरकारी खेती गर्दै आएका ४२ वर्षे दिलकुमार वादे पनि घट्दो खेतीयोग्य जमिनप्रति चिन्तित छन्। तरकारी खेतीको आम्दानीबाट जेठी छोरीलाई एमए पढाउँदै गरेका उनी यही खेतीको आम्दानीबाट दुई छोराले क्याम्पस पढ्दै गरेको सुनाउँछन्। 'खेती हाम्रो सहारा हो,' उनले भने, 'योबाहेक हामीले गर्ने अरू केही काम छैन।' माटोसँग पौठाजोरी खेलेर सबै आवश्यकता पूर्ति गर्दै आएका उनी खेतीका लागि जमिन सुरक्षित राख्नुपर्ने सुनाउँछन्। 'मनहरा क्षेत्रका केही भागलाई हरित क्षेत्र घोषणा गरेको भन्ने सुनेको छु,' उनले भने, 'तर त्यति मात्र पर्याप्त छैन।'

प्रतिरोपनी वार्षिक १२ हजार भाडा तिरेर ३ रोपनीमा तरकारी खेती गर्दै आएकी हेलदेवी महर्जनले यसैबाट आफ्ना तीन सन्तानले क्याम्पस सिध्याएको सुनाइन्। 'अब उच्च शिक्षाको खर्च यहीबाट निकाल्नु छ,' उनले भनिन्, 'अहिले हामीलाई जमिन अभाव हुन थालेको छ।' बिहान ६ देखि साँझसम्म खेतमा बिताउने गरेकी उनलाई खेती नै नरहे के गर्ने भन्ने चिन्ता छ।

पछिल्लो समय युवा पुस्ता पनि खेतीतर्फ आकर्षित छ। मोटरसाइकल हुइँकाउँदै खेतमा आउने उनीहरू काम सिध्याएपछि त्यही बाइकलाई 'खर्पन' को रूप दिँदै तरकारी ओसार्छन्। 'नगदेशका करिब ६ सय घरमध्ये अधिकांशले तरकारी खेती गर्दै आएका छन्,' युवा कृषक कान्छाकुमार वादे भन्छन्, 'विदेशिन छाडेर तरकारी खेतीतर्फ आएका युवालाई स्वदेशमै रोक्न सरकारले खेतीयोग्य जमिन सुरक्षित राख्नु जरुरी छ।'
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता