ताप्लेजुङका स्वास्थ्य संस्था चिकित्सकविहीन

E-mail Print
(0 votes, average 0 out of 5)
ताप्लेजुङ, असार १७-ताप्लेजुङ जिल्लाका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुमध्ये ५० प्रतिशत स्वास्थ्य संस्था चिकित्सकविहीन रहेका छन्। जिल्लाका ५० वटा गाउँ विकास समितिमा रहेका ५३ वटा स्वास्थ्य संस्थामध्ये २५ वटा गाविसमा रहेका स्वास्थ्य संस्थामा चिकित्सक नहुँदा स्थानीय बासिन्दाले सेवा पाउन सकेका छैनन्।

जिल्लामा रहेका ४३ वटा उपस्वास्थ्यचौकीमध्ये फूलबारी, साँघु, फाकुम्बा, लिङतेपलगायतका गाविसमा अहेबको दरबन्दी खाली रहेको छ। त्यस्तै, लिवाङ्, सावादिन, खेजेनिम, ओलाङचुङगोला, चाक्सिबोटे, पेदाङ, याम्फुदिन, मेहेले र कालिखोला गाविसका स्वास्थ्य संस्थाहरु पनि अहेबविहीन रहेका छन्।

जिल्लामा रहेका आठवटा इलाका स्वास्थ्य कार्यालयमध्ये हाङपाङ, थिङ्लाबु, लेलेप, लिङ्खिमको सिंवा, थेचम्बु, ढुङ्गेसाँघु र तेल्लोक स्वास्थ्य केन्द्रमा हेल्थ असिस्टेन्ट पद रिक्त रहेको जिल्ला स्वास्थ्य कार्यालयका शाखा अधिकृत डिल्लीराम पौडेलले बताए। ढुङ्गेसाँघु र तेल्लोकमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा करिब दुई वर्षदेखि नै स्वास्थ्यकर्मी नभएको स्थानीय बासिन्दाले बताएका छन्।
अहिले बर्खा मौसमसँगै ग्रामीण क्षेत्रमा रुघाखोकी, ज्वरो, निमोनिया, झाडापखालाजस्ता रोगको प्रकोपले सर्वसाधारणलाई सताएको छ। तर, गाउँमा भएका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी नहुँदा प्राथमिक उपचारसम्म नपाइने भएको उनीहरुको गुनासो छ। रासस
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता