Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

भारतीय डिस हटाउन निर्देशन

E-mail Print
(1 vote, average 5.00 out of 5)
मङ्गलवारे (इलाम),  असार १७- सीमावर्ती क्षेत्रमा अवैध रूपमा भारतीय डिसको प्रयोग बढ्न थालेपछि त्यस्ता डिस हटाउन सीमा प्रशासन पशुपतिनगरले पहल थालेको छ। भारतीय डिसका कारण नेपालमै बनेका डिसको प्रयोग कम हुन थालेपछि सीमा प्रशासनले भारतीय डिस हटाउने कार्य थालेको सीमा प्रशासनले जनाएको छ।

सीमा प्रशासन पशुपतिनगरले अवैध रूपमा जडान गरिएका डिक्स एक महिनाभित्र हटाउन सार्वजनिक सूचना जारी गरेको छ।

सीमा क्षेत्रबाट गोर्खे, जोगमाई, पशुपतिनगर, श्रीअन्तु, समालबुङ, फिक्कल, नयाँबजार, प्याङ, जमुनालगायतका दर्जनभन्दा बढी गाविसमा टिभी हेर्नका लागि भारतीय डिक्सको प्रयोग हुँदै आएको छ। सस्तो र सरल तरिकाले उपलब्ध हुने भएकाले उपभोक्ताले भारतबाट डिस खरिद गरेर ल्याउने गरेका छन्।

एक महिनाभित्र अवैध डिस हटाउन सूचना जारी गरिएको छ,' सीमा प्रशासनका निमित्त प्रमुख राजु चौधरीले भने-'तोकिएको समयभित्र नहटाइए प्रशासनले कारबाही प्रक्रिया सुरु गर्नेछ र त्यस्ता डिक्ससमेत जफत गर्न सक्नेछ।'


भारतीय डिसका कारण भन्सार राजस्वसमेत प्रभावित भएको छ। यस्ता अवैध डिक्सले नेपाली डिसको प्रयोग कम गरेकाले राजस्व सङ्कलनमा असर पुगेको हो। सीमा क्षेत्रमा करिब पाँच हजारको सङ्ख्यामा भारतीय डिस छन्। डिस बिक्रेताका अनुसार अवैध भारतीय डिस हटाउन सकेमा १० हजारभन्दा बढी नेपाली डिस प्रयोग हुने र राजस्वसमेत बढ्ने बताउँछन्।

 

भारतीय डिसको प्रतिसेट एक हजारदेखि दुई हजारसम्म भारतीय रुपैयाँ तिर्नुपर्ने र १०० देखि ३०० सम्म मासिक रिचार्ज गर्नुपर्ने बिक्रेता भीष्म सुवेदी बताउनुहुन्छ। तर यसको तुलनामा नेपाली डिक्स तीन हजार रुपैयाँ बढी पर्न आउँछ। अर्थात् नेपाली डिस प्रतिसेट पाँच हजारदेखि ६ हजारसम्म र च्यानल हेर्न २५० रुपैयाँ तिर्नुपर्ने हुन्छ। जसले गर्दा भारतीय डिस नै उपभोक्ताको रोजाइ बन्ने गरेको सुवेदीको भनाइ छ।

 

नेपाली डिस बजारमा सहज रूपमा उपलब्ध हुन थालेकाले उपभोक्ताले भारतीय डिक्स हटाएर नेपाली डिक्स नै प्रयोग गर्नुपर्ने बिक्रेताहरु बताउँछन्। विभिन्न सेवासुविधा उपलब्ध गराएर भए पनि भारतीय डिक्सको प्रयोग हटाउन सकिने बिक्रेताले बताएका छन्।

 

सीमा क्षेत्रमा रहेका एक दर्जनभन्दा बढी अवैध भन्सार नाकाका कारण उपभोक्ताले सहजै भारतीय डिस भित्र्याउने गरेका छन्। भन्सार शुल्क नतिरी अवैध तरिकाले डिस ल्याउँदा भन्सार कार्यालयमा राजस्व सङ्कलनसमेत प्रभावित बन्ने गरेको छ। सीमा क्षेत्रबाहेक पनि जिल्लाका विभिन्न बजार र ग्रामीण इलाकामा समेत भारतीय अवैध डिसको प्रयोग हुँदै आएको छ। रासस

प्रतिक्रियाहरू (1)Add Comment
0
Tek Bdr Autari
July 01, 2012
49.244.99.232
भोट: +0
...

Bharatiya disk Ilamma matra hataunu kina ..yahan upatyakama pani hatainu parchha. Udaharanko lagi Nakhipot LaPuma raheko sky vision le stariya sewa diyeko chhaina channal phohar6 tara masik 300/ ka darle vat binako bil grahk sanga asulne gareko6 ../

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता