Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 19th

'...नत्र नेपालका गीत रेकर्डिङ स्टुडियो बन्द हुनसक्छन्'

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार १७- सरकारले गीतसङ्गीतको क्षेत्रबाट आउने राजस्व लिने गरे पनि त्यसको संरक्षणमा ध्यान नदिएका कारण लाखौँको लगानी खेर गइरहेको भन्दै सङ्गीतकर्मीले गुनासो गरेका छन्।

अनामनगरस्थित 'आलाप म्युजिक रेकर्डिङ स्टुडियो'ले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा आइतबार आयोजना गरेको चियापान कार्यक्रममा सहभागी सङ्गीतकर्मीले सङ्गीतकै कारण एफएम रेडियो र सिआरविटीबाट मात्रै सञ्चार मन्त्रालयले बर्सेनि रु दस अर्बभन्दा बढी रोयल्टी उठाउँदै आए पनि संरक्षणमा ध्यान पुर्‍याउन नसकेको बताए।

सङ्गीतकार सुदाम थापाले गीतसङ्गीतभन्दा बाहिरका व्यक्तिले यस क्षेत्रबाट आर्थिक लाभ लिने गरेको बताउँदै गीतसङ्गीत क्षेत्रमा स्पष्ट नीति बनाएर लगानीको वातावरण बनाउन राज्यसँग माग गर्नुभयो।

'सरकारले सङ्गीत क्षेत्रमा लागेकाहरुका लागि उचित ऐनकानुन बनाउन नसक्दा रचनाकार, सङ्गीतकार र गायक मर्कामा परेका छन्'-उनले भने-'सरकारको गलत नीतिका कारण अधिकांश सिडी पसल पनि धमाधम बन्द हुँदैछन्।'

अधिवक्ता तथा गायक डा भीमार्जुन आचार्य (अर्जुन मिलन)ले सङ्गीत क्षेत्रको संरक्षणका लागि ऐनकानुन बनाउन राज्यलाई दबाब दिनुपर्ने बताउँदै सङ्गीत क्षेत्रलाई व्यावसायिक बनाउन स्वयम् कलाकारले पनि ध्यान दिनुपर्नेमा जोड दिए।

पत्रकार एवम् रचनाकार विपुल पोखरेलले राज्यले गीतसङ्गीत र कलाकारहरुको संरक्षणका लागि नीति ल्याउन अति आवश्यक भइसकेको टिप्पणी गर्दै प्रतिस्पर्धाको बजारमा जाँदा उत्पादकहरुले गुणस्तरलाई समेत विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

सङ्गीतकार सन्तोष श्रेष्ठले राज्यले सङ्गीत क्षेत्रलाई संरक्षण गर्न नसक्दा रेकर्डिङ स्टुडियोहरुसमेत बन्द हुने अवस्थामा पुग्न लागेको बताए।

स्टुडियोका सञ्चालक तथा सङ्गीतकार राजेश क्षेत्रीले सिआरविटी र राज्यको नीतिबाट आफूहरु ठगिएको गुनासो गर्दै सरकारले उचित संरक्षण नगरे अबको केही वर्षमा रेकर्डिङ स्टुडियो पूर्णरुपमा बन्द हुने बताए।
कार्यक्रममा गायक/गायिका मधुबाबु थापा, चन्द्रकला शाह, शिशिर योगी, सिन्धु मल्ल, रेणु विष्ट, रिता केसी, यादव योगी, शरद अधिकारी सागर, लोकराज अधिकारी, गोविन्द मधुर आचार्य, प्रकाश रेग्मी, प्रकाश कुशुम्यालगायतले गीतसङ्गीतको क्षेत्रमा लागेकाहरुको हकहितमा राज्यले स्पष्ट कानुनको निर्माण गर्नुपर्ने बताएका थिए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता