Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

बिरामी बोकेको हेलिकप्टर प्युठानमा आकस्मिक अवतरण

E-mail Print
(1 vote, average 3.00 out of 5)
प्युठान, असार १७-रुकुमबाट बिरामी लिएर काठमाडौँका लागि उडेको हेलिकप्टर मौसम प्रतिकूलताका कारण अवतरण गराइएको छ। डोल्पाका बिरामी लिएर आइतबार बिहान ८:३० बजे काठमाडौँका लागि उडेको हेलिकप्टर प्युठानको बिजुवार-६ स्थित खेलकुद मैदानमा आज बिहान आकस्मिक अवतरण गराइएको हो।

माउन्टेन एअरको ९ एन जेपी हेलिकप्टरमा डोल्पाका तीन घाइते बिरामी र चालक दलका दुईसहित पाँचजना सवार छन्।

फुसफुसे वर्षात् र डम्म लागेको कुहिरोका कारण उडानमा समस्या हुँदा सो हेलिकप्टर प्युठानमा आकस्मिक अवतरण गराइएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

डोल्पामा शुक्रबार स्थानीयवासीबीच आपसी झगडा हुँदा घाइते भएका तीन बिरामी लिएर सो हेलिकप्टर उडेको प्रहरीले जनाएको छ। मौसम अनुकूल नहुँदा डोल्पाबाट उडेको हेलिकप्टर शनिबार रुकुमको मुसिकोटमा रोकिएको थियो।

आज बिहान रुकुमको मौसममा केही सुधार देखिएकाले मुसिकोटबाट काठमाडौँका लागि पुनः उडान भरेको हेलिकप्टर एक्कासि मौसममा खराबी अएपछि प्युठानमा आकस्मिक अवतरण गराइएको हो।

हेलिकप्टरमा घाइते डोल्पा गुम्बातारा-३ का कामी बुढा, झलम बुढा, चन्द्रबहादुर बुढा र चालक दलका दुईसहित पाँचजना छन्। घाइते गम्भीर अवस्थामा रहेको चालकदले जनाएका छन्।

बिहान ९ बजे बिजुवारमा अवतरण गराइएको हेलिकप्टर मौसममा सुधार आएपछि बल्ल गन्तव्यतर्फ लाग्ने चालक दलले जनाएको छ। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता