Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

रोनाल्डोको पोर्चुगललाई हराउँदै स्पेन युरो कपको फाइनलमा (फोटो फिचर)

E-mail Print
(6 votes, average 2.83 out of 5)
डोनेस्क, असार १४ (एजेन्सी)- डफेन्डिङ च्याम्पियन स्पेन क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै युरोकपको फाइनल प्रवेश गरेको छ। आर्थिक मन्दीको दलदलमा फँसेको युरोजोनका दुवै मुलुकहरु आफ्नो देशका जनतालाई केही छिन्‌को खुशी ल्याउन डेनेस्कको मैदानमा उत्रिँदा स्पेन भाग्यशाली सावित भयो। पेनाल्टी सुटआउटमा स्पेनले पोर्चुगललाई ४-२ ले हरायो।

निर्धारित ९० मिनेट र त्यसपछि थपिएको समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि निर्णायक फैसलाका लागि पेनाल्टी सुटआउट गर्नु परेको थियो। पहिलो पेनाल्टी दुवै गोलकिपरले रोक्दा दर्शक निकै रोमाञ्चक बन्न पुगे। तर भाग्यको साथ पूरापूर स्पेनलाई रह्यो। पोर्चुगलको एउटा पेनाल्टी किक पोलमा ठोक्किएर बाहिर गयो भने स्पेनको अर्को एक पेनाल्टी किक त्यही पोलमा ठोक्किएर बल जाली चुम्न पुग्यो।

यसरी १ सय ३३ मिनेट लामो खेलमा स्पेन सौभाग्यपूर्ण रुपमा विजय बन्न सफल भयो।

युरोकप फाइनलमा स्पेनको भेट जर्मनी र इटालीमध्येको विजेतासँग हुनेछ। हेर्नोस् फोटो फिचर। सबै तस्विरहरु एएफपी।


स्पेनसँग पराजित भएपछि  स्तब्ध रोनाल्डो


विजयको उल्लास मनाउँदै स्पेनी खेलाडी


पराजयको पीडामा रोनाल्डो सहित पोर्चुगेली खेलाडी


स्पेनी गोलकिपर इकेर पेनाल्टी बल रोक्ने कोसिसमा


पेनाल्टी गोल गर्दै स्पेनका इनिस्टा


पेनाल्टीमा निर्णायक गोल गरेपछि खुशी मनाउँदै स्पेनका फाब्रेग्यास


गोलमा खुशियाली मनाउँदै स्पेनी समर्थक


टिभीमा खेल हेरिरहेका पोर्चगेली समर्थक पेनाल्टीको तनावमा


विजय उल्लासमा स्पेनी टोली
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता