Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

नेदरल्यान्ड्सका प्रशिक्षकद्वारा राजीनामा

E-mail Print
(0 votes, average 0 out of 5)
आयाक्स, असार १५ (एजेन्सी)- युरो २०१२ को निराशाजनक प्रदर्शनपछि नेदरल्यान्ड्सका प्रशिक्षक बर्ट भान मार्विकले आफ्नो पदबाट राजिनामा दिएका छन्। समूह 'बी' मा उनको टोली तीनै खेलमा पराजित पराजित भएको थियो।
 
गत हप्ता ६० वर्षे मार्विकले आफ्नो भविष्यबारे उत्तर दिन अस्वीकार गरेका थिए। तर डच फुटबल संघले उनले जागिर छाडेको स्पष्ट पारेको छ। मार्विकको नेत्तृत्वमा नेदरल्यान्ड्स २०१० को विश्वकपको फाइनलमा पुगेको थियो, जहाँ उनको टोली स्पेनसँग अतिरिक्त समयमा पराजित भएको थियो। २०११ को अगस्टमा मार्विककै प्रशिक्षणमा नेदरल्यान्ड्स फिफा वरियताको शीर्ष स्थानमा पुगेको थियो। 

नेदरल्यान्डले युरो २०१२ को छनोटमा १० खेल खेल्दै ९ खेल जितेको थियो। तर 'ग्रुप अफ डेथ' मानिएको समूहमा परेको डच तीनै टोली डेनमार्क, जर्मनी, पोर्चुगलसँग पराजित भई पहिलो चरणबाटै बिदा भएको थियो। यसअघि फेयनुर्ड र बोरुसिया डर्टमुन्डलाई प्रशिक्षण दिइसकेका मार्विकले सन् २००८ मा मार्को भान बास्टेनलाई स्थानानतरण गर्दै डच प्रशिक्षक बनेका थिए। उनको डच फुटबल संघसँग करार अवधि २०१६ सम्म थियो।

अगस्ट १५ मा बेल्जियसँग मैत्रीपूर्ण खेल खेल्नु अगावै डचले नया प्रशिक्षक भित्राइसक्ने अनुमान गरिएको छ। त्यसपछि विश्वकप छनोट सुरु गर्ने नेदरल्याण्ड्सले टर्कीसँग सेप्टेम्बरमा खेल्ने छ।

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता