पाउलो बेन्टोको रणनीति

E-mail Print
(0 votes, average 0 out of 5)

डोनेस्क, असार १५ (एजेन्सी)- पोर्चुगलका प्रशिक्षक पाउलो बेन्टोले पेनाल्टी शुट आउट रणनिति अन्तर्गत नै क्रिस्टियानो रोनाल्डोलाई पाँचौं प्रहारका लागि साँचेर राखेको बताएका छन्। साविक विजेता स्पेनसँग पेनाल्टीमा ४-२ ले पराजित भएपछि रोनाल्डोले पाँचौं प्रहार गर्नै पाएनन्।

'हाम्रो योजना यही नै थियो,' ४३ वर्षे बेन्टोले सेमिफाइनल पराजयपछि भने, 'हामी फरकरुपमा पेनाल्टी सुटआउटमा जान चाहान्थ्यौं। यदी ४-४ भएको भए रोनाल्डोले अन्तिम प्रहार हान्ने थिए।' रियाल मड्रिडका २७ वर्षे स्टार रोनाल्डोका लागि बुधबारको दिन खराब रह्यो। पोर्चुगलले पाएका नियमित फ्रिकिकलाई उनले सदुपयोग गर्न सकेनन्।
'पेनाल्टीमा हार्नु सँधै दुखद हुन्छ तर पेनाल्टी भनेको भाग्यको खेल हो र त्यसमा एक टोली भाग्यमानी बन्छ,' रोनाल्डोले पोर्चुगिज अखबार ओ जोगोमा भनेका छन, 'त्यसका वावजुद हाम्रो लागि युरो राम्रो रह्यो। हामीले चार उत्कृष्ट टोलीसँग खेल्यौं। फाइनल पुग्न नसक्दा हामी निराश छौं। हामीलाई भाग्यले साथ दिएन्।' रोनाल्डोले अगाडी भने, 'यसअघिका खेलमा जस्तै मैले आफ्नो तर्फबाट उत्कृट खेल्ने प्रयास गरेका हौं। त्यसैले म आफ्नो प्रदर्शनबाट सन्तुष्ट छु। हामीले जुन प्रदर्शन गर्‍र्यौ त्यसमा हामी गर्व गर्नुपर्छ। तर आवश्यक समयमा हामीलाई भाग्यले साथ दिएन।'
ब्रुनो अल्भेज र नानीमा कसले तेस्रो र चौथो पेनाल्टी प्रहार गर्ने भन्नेमा अन्यौल देखिएको थियो। तेस्रो पेनाल्टी प्रहार गर्न अगाडी बढिसकेका अल्भेजका स्थानमा नानीले तेस्रो पेनाल्टी हाने। अल्भेजको भागमा चौथो पर्‍यो। बेन्टो यही घटनालाई लिएर दुखित थिए। उनले भने, 'अल्भेज र नानीमा अन्यौल देखियो। अल्भेजले प्रहार गरेको पेनाल्टी निर्णायक थियो। त्यो सफल भएको भए फाइदा हामीलाई हुने थियो र स्पेन दबाबमा पर्ने थियो।'
सेमिफाइनलमै पराजित भए पनि बेन्टोले पोर्चुगलको यात्रालाई सफल माने। 'मेरो बिचारमा हामीले प्रतियोगितामा धेरै राम्रो प्रदर्शन गर्‍यौं। यस्तो अवस्थामा सानो तिनो भाग्य चाहिन्छ। हामीलाई खेलमा भाग्यले खासै साथ दिएन्।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता