बालोटेल्लीले इटालीलाई फाइनलमा पुर्‍याए, इटाली-स्पेनबीच फाइनल

E-mail Print
(7 votes, average 4.57 out of 5)

वार्सा, असार १५ (एजेन्सी)- जर्मनीले इटालीलाई अहिलेसम्म भएका प्रतियोगितात्मक खेलमा पराजित गर्न नसकेको इतिहासलाई कायम राख्दै मारियो बालोटेल्लीले मध्यान्तर अगाडि गरेको दुई गोलको मद्धतले इटाली युरो २०१२ को फाइनलमा प्रवेश गरेको छ। १५ खेलमा लगातार जीत दर्ता गर्दै विश्व रेकर्ड कायम गरेको जर्मन टोलीको विजय यात्रा सेमिफाइनलमा पुगेर रोकिएको छ। आइतबार मध्यरात हुने फाइनलमा इटालीले साबिक विजेता स्पेनको सामना गर्दैछ।
स्ट्राइकर बालोटेल्लीले पहिलो गोल २० औँ मिनेटमा हेडबाट गरे। चार पटकको युरो च्याम्पियनसिपको सेमिफाइनलमा यो इटालीको पहिलो गोल थियो। मध्यान्तर हुनु नौ मिनेट अघि उनैले अर्को गोल गरी अन्तर फराकिलो पारे। दोस्रो गोलसँगै सर्ट खोलेवापत् बालोटेल्लीले पहेँलो कार्डसमेत पाए।

'यदि मेरो खुसी मनाउने शैलीबाट कोही रिसाउँछ भने भने उनीहरुले मेरो शक्ति देखेर डाहाले भुत्भुतिएका हुन्', बालाटेल्लीले खेलपछि भने।

पोल्यान्ड र युक्रेनमा आफूविरुद्ध खेल्ने सबैलाई पराजित गर्दै अघि बढेको जर्मनीको जवाफ भने निकै ढिलो मात्र आयो। मेसट ओजिलले एडेड टाइमको पेनाल्टीलाई गोलमा परिणत गर्दा झिनो आशा पनि समाप्त भइसकेको थियो। 

बालोटेल्ली सुरुका खेलमा आफ्नो फर्ममा आउन निकै संघर्षरत थिए। काला खेलाडी भएकोले क्रोएसिया र स्पेनका फ्यानहरुबाट रंगभेदी दुर्व्यवहारको समेत सिकार भएका थिए उनी। आयरल्यान्डसँगको खेलमा एकल प्रयासमा उत्कृष्ट गोल गरेपछि डिफेन्डर लियोनार्डो बोनुक्कीले दौडेर उनको मुखलाई आफ्नो हातले छोपेका थिए। नत्र उनको मुखबाट निस्कने बोलीले अनुशासनको कारबाही हुनसक्थ्यो।

खेल सकिएपछि बालोटेल्लीले आफ्नी आमाछेउ गएर यी गोलहरु उनको लागि भएको बताएका थिए। 'यो क्षणका लागि मैले निकै समय कुरेँ, विशेष गरी मेरी आमा धेरै टाढाबाट यहाँ आउनु भएको छ र म उहाँलाई खुसी राख्‍न चाहन्थेँ,' उनले भने, 'मेरो जीवनकै यो सबैभन्दा राम्रो साँझ थियो र आइतबार अझ राम्रो हुने आशा गर्छु।' तस्बिरहरुः एपी















प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता