Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

रंगभेदी व्यवहाररको अनुसन्धान

E-mail Print
(0 votes, average 0 out of 5)
मिलान, असार १६ (एजेन्सी)- पोल्यान्ड र युक्रेनमा युरो दौरान खेलाडी तथा भ्रमणकारी समर्थक रंगभेदी व्यवहारको शिकार हुने भयले आयोजकलाई निकै सताएको थियो। भ्रमणकारी खेलाडीमाथि उनीहरूकै देशबाट रंगभेदी व्यवहार हुने अनुमान थिएन। इङ्ल्यान्ड र पुलिसले एस्ले कोल र एस्ले योङमाथि टि्वटरमार्फत भएका रंगभेदी व्यवहारको अनुसन्धान गरिरहेको छ।

इटालीविरुद्ध क्वार्टरफाइनलको पेनाल्टी सुटआउटमा गोल गर्न नसकेका यी दुई अश्वेत खेलाडीमाथि समर्थकले टि्वटरमा जातीय अपमानजनक ढंगले लेखेका छन्। यसैगरी इटालीको सबैभन्दा बढी विक्री हुने खेलकुद पत्रिका ला गजेटा डेल्लो स्पोर्टले इङ्ल्यान्डविरुद्ध थुप्रै अवसर गुमाएका मारियो बालोटेलीको कार्टुन छापेको छ। कार्टुनमा बालोटेलीलाई विशाल गुरिल्ला किङ कङका रूपमा प्रस्तुत गरिएको छ।

प्रतियोगिताअघि कसैले आफूलाई रंगभेदी व्यवहार गरेमा मैदान छोडेर तत्काल घर फर्कने चेतावनी दिएका बालोटेली यसअघि नै क्रोएसियाली समर्थकबाट अपमानित भइसकेका छन्। द गार्जियनले जनाएअनुसार गजेटा डेल्लो स्पोर्टमा छापिएको कार्टुनले आफूलाई निकै दुःखित पारेको बालोटेलीले बताएका छन्।

म्यानचेस्टर सिटीका २१ वर्षे बालोटेली इङ्ल्यान्डविरुद्धको क्वार्टरफाइनलमा आफ्नै क्लबका गोलकिपर जोय हार्टलाई गोल गर्न नसकेकोमा इटालियन समर्थकमाझ निकै आलोचित बने। थुप्रै अवसर गुमाए पनि त्यत्तिकै अवसर सिर्जना गरेको जस भने नपाएका बालोटेली बिहीबार सेमिफाइनलमा प्रतियोगिताको मुख्य दाबेदार जर्मनीलाई २-१ ले हराउँदा नायक थिए। इटालीका लागि दुवै गोल गरेका बालोटेलीको शुक्रबार भने इटालियन संचारमाध्यमले निकै प्रशंसा गरेको छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता