Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 19th

जर्मनीलाई २ गोल हान्ने बालोटेली भन्छन्- आइतबार म अझै खुशी हुनेछु

E-mail Print
(0 votes, average 0 out of 5)
किभ, असार १७ (एजेन्सी)- इटालीका स्ट्राइकर मारियो बालोटेलीले युरो कप उपाधि जित वा हारले आउँदो सिजनमा फरक नपर्ने बताएका छन्। 'यदि हामीले जित्यौं र मैले गोल गरे भने त्यो साँच्चै अभूतपूर्व हुनेछ,' २१ वर्षे बालोटेलीले भने, 'यदि मैले गोल गरिनँ र टोली जित्यो भने त्यो पनि अभूतपूर्व नै हुनेछ। यो क्षणमा म साँच्चै खुसी छ र आइतबार अझै खुसी हुनेछु।'


उनकै दुई प्रभावशाली गोलमा इटालीले सेमिफाइनलमा जर्मनीलाई २-१ ले हराउँदै साविक विजेता स्पेनसँगको भेटलाई पक्का गरेको थियो। उनी सेमिफाइनलकै गोललाई फाइनलमा पनि निरन्तरता दिनेमा आशावादी छन्। यद्दपी उनले आफुले गोल गर्नुभन्दा पनि उपाधि जितेर घर फर्कनु बढी महत्वपूर्ण हुने बताएका छन्।

'हामी फाइनल पुगिसकेका छौं। हामी प्रतियोगिताका दुई उत्कृष्ट टोली मध्येका एक हौं,' उनले थपे,' फेरी पनि हामी अर्को जितका लागि खेल्दैछौं।'

बालोटेलीको म्यानचेस्टर सिटीले भने यसपटक घरेलु लिग जितिसकेको छ। प्रिमियर लिगको अन्तिम दिन नाटकिय खेलपछि सिटी च्याम्पियन बनेको थियो। उनले सिजनको सफलता आइतबारको फाइनलमा गणना नहुने बताएका छन्।

'हामीले उत्कृष्ट सिजनका साथ सिटीका लागि लिग जित्यौं। तर त्यसले युरोमा प्रभाव पादैृन,' पूर्व इन्टर मिलान स्ट्राइकर उनले भने,' यदि हामीले जितेनौं भने त्यसले अन्य कुरामा असर गर्दैन। युरो जित्यौं भने त्यो मेरो लागि विशेष हुनेछ।'

जर्मनीसँग हल्का चोटग्रस्त भएपनि बालोटेली क्लबका साथी डेभिड सिल्भाको स्पेनविरुद्ध उत्रने सम्भावना छ। इटाली र स्पेनले समूह चरणको खेलमा १-१ को बराबरी खेलेको थियो। बालाटोलीले फेरी एकपटक सिल्भाको सामना गर्दैछन्। ' म सिल्भालाई राम्ररी बुझ्छु,' उनले भने, ' उनीविरुद्ध मैले पहिलो खेल खेले। यो साच्चै रमाइलो हुनेछ।'

मैदान बाहिरको व्यवहारका कारण बालोटेलीका विषयमा इङ्लिस फुटबल समर्थक विभाजित छन्। त्यसमाथि बालोटेली गोल गरेको पेनाल्टी सुटआउट पराजित हुँदै इङल्यान्ड क्वार्टरफाइनबाट बाहिरीएपछि उनीलाई इङल्यान्ड्मा कसरी स्वागत गरिएला भन्ने प्रश्न उब्जिएको छ।

तर उनले भने आफु सिटीका लागि निरन्तर खेलिरहेन बताए। ' म यहाँबाट इटाली जानेछु र त्यसपछि म्यानचेस्टर,' उनले भने,' सिटीका समर्थक सधै मलाई चाहन्छन्। यद्दपी उनीहरु ब्रिटिस हुन्। र इङ्ल्यान्ड बाहिरीनुमा म पनि कारण बने।'

 

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता