फ्रान्सेली प्रशिक्षकले पद त्यागे

E-mail Print
(0 votes, average 0 out of 5)
पेरिस, असार १८ (एजेन्सी)- फ्रान्सेली राष्ट्रिय टोलीका प्रशिक्षक लाउरेन्ट ब्लांकले युरोपियन च्याम्पियनसिपको यात्रा क्वार्टरफाइनलबाट अगाडि बढ्न नसक्दा खेलाडीको व्यवहारमा प्रश्न उठ्ने अवस्था आएपछि पद त्यागेका छन्।
 
बिहीबार फ्रान्सेली फुटबल संघ (एफएफएफ) का अध्यक्ष नोइल ली ग्रेटसँग लामो छलफल गरेका ब्लांकले एफएफएफलाई आफ्नो निर्णय सुनाएका थिए।
एफएफएफले मंगलबार पत्रकार सम्मेलनअघि यस विषयमा केही नबोल्ने बताएको छ। एफएफएफले कार्यसमिति बैठक बसेर ब्लांकको निर्णय सम्बन्धमा छलफल गर्ने बताएको छ।
युरो २०१२ अघि एफएफएफले सम्झौता नवीकरण प्रस्ताव नराखेकोमा ब्लांक संघसँग चिढिएका थिए। संघले भने प्रतियोगितामा टोलीको प्रदर्शन हेरेर मात्र नयाँ सम्झौताबारे प्रस्ताव गर्ने विषयमा निर्णय लिने योजना बनाएको थियो
। अध्यक्ष ली ग्रेट भने ब्लांकको पक्षमा थिए। समूह चरणको अन्तिम खेलमा स्विडेनसँग पराजित भएपछि फ्रान्सले क्वार्टरफाइनलमा साविक विजेता स्पेनलाई प्रतिद्वन्द्वी पाएको थियो। फ्रान्सको रक्षात्मक प्रदर्शनले स्पेनलाई २-० को विजय पाउनबाट रोक्न सफल भएन।
स्विडेनसँग २-० ले पराजित भएको फ्रान्सको टोलीमा यसपालि पनि विश्वकप २०१० मा झै खेलाडीबीच असमझदारी भयो। मिडफिल्डर समिर नासरीको फ्रान्सेली पत्रकारसँगको झगडाले थप चर्चा पायो। यस्तै घटनाका कारण ब्लांकलाई नयाँ सम्झौता नगर्न प्रेरित गरेको बताइएको छ। विश्वकप २०१० मा खेलाडीले तत्कालीन प्रशिक्षक रेमोन्ड डोमिनिचको विरोधमा अभ्यास
बहिष्कार गरेका थिए। विश्वकपको पहिलो चरणबाटै बाहिरिएको टोलीलाई पूरानै उचाइमा पुर्‍याउने लक्ष्यका साथ ब्लांकले डोमिनिचलाई स्थानान्तरण गरेका थिए।
डोमिनिच कालमा धराशयी भएको टोलीलाई माथि उचाल्न ब्लांकको कार्यकाल सफल मानिन्छ। विश्वकप २००६ को फाइनल पुगेको टोली त्यसपछि कुनै पनि प्रतियोगिताको क्वार्टरफाइनल पुगेको यो पहिलोपटक हो। युरो २०१२ मा स्विडेन र स्पेनसँग पराजित हुनुअघि ब्लांकको नेतृत्वमा फ्रान्सले २३
खेलसम्म अपराजित यात्रा कायम गरेको थियो। ब्लांकको नेतृत्वमा खेलेका कुल २७ खेलमध्ये टोलीले चारमा मात्र पराजय भोग्यो।
२००८-०९ को सिजनमा बोर्डेउक्सलाई फ्रान्सेली उपाधि जिताएका ब्लांक फेरि क्लब व्यवस्थापनतर्फ फर्कने अनुमान लगाइएको छ। इङ्लिस प्रिमियर लिगको टोली टोटेनह्यामको टोली सम्हाल्न केही समयअघि उनको चर्चा चलेको थियो। फ्रान्सेली टोलीका पूर्व कप्तान डिडियर डेसच्याम्पले ब्लांकलाई स्थानान्तरण गर्ने सम्भावना बलियो रहेको बताइएको छ। डेसच्याम्प आफैले प्रशिक्षक बन्ने चाहना राखिसकेका छन्। फ्रान्सले १९९८ मा विश्वकप तथा २००० मा युरोपियन च्याम्पियनसिप जित्दा डेसच्याम्प टोलीका कप्तान थिए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता