सफल प्रतियोगिताको दर्जा

E-mail Print
(0 votes, average 0 out of 5)
किभ, असार १८ (एजेन्सी)- युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएका अध्यक्ष मिचेल प्लाटिनीले पोल्यान्ड र युक्रेनले संयुक्त आयोजना गरेको युरो २०१२ लाई भव्य सफल प्रतियोगिताको दर्जा दिएका छन्।
युइएफएमा अध्यक्ष पद सम्हालेलगत्तै प्लाटिनीले २००७ को अप्रिलमा पोल्यान्ड र युक्रेनको युरो आयोजना गर्ने संयुक्त दाबीमा खास समर्थन गरेका थिए। तर युक्रेनको राजनीतिक अस्थिरता, दुवै देशको ढिलासुस्ती तथा मूल्यवृद्धिका कारण प्रतियोगिताको तयारी कमजोर हुँदा प्लाटिनी स्वयम्ले थुप्रैपटक युरो २०१२ युक्रेनबाट अन्यत्रै सार्ने चेतावनी दिनुपरेको थियो। 

 
पोल्यान्ड र युक्रेनको कमजोर तयारीका कारण पछिल्लो ५ वर्षसम्म यही प्रतियोगिताको सफल आयोजनाको विषयलाई लिएर तनाबमा रहेका प्लाटिनीले आइतबार फाइनल किभको ओलम्पिक रंगशालामा स्पेन र इटालीबीचको फाइनल हुनुअघि आफू पूरा ढुक्क भइसकेको बताए। 'पहिला मलाई यहाँको व्यवस्थापकीय पक्षले निकै तनाव थियो। म तनावका कारण निकै थकित अवस्थामा यहाँ आएको थिएँ, तर जब म यहाँ आइपुगंे अत्यन्तै ढुक्क भयो,' तनावरहित प्लाटिनीले भने, 'प्रतियोगिता सुरु भएदेखि नै ५ वर्षदेखिको तनाव कम भयो। यहाँ सबथोक तयार थियो। अहिले म निकै आनन्द महसुस गरिरहेको छु। अब मलाई अर्को साता बिदा मनाउन हतार भइसक्यो।'
सुरुमा पूर्वी युरोपका दुई देशले सफल आयोजना गर्न नसक्ने हुन् कि भन्ने चिन्ताका कारण थुप्रैपटक चासो व्यक्त गरेका प्लाटिनीले आइतबार प्रतियोगिता आयोजना तथा तयारीमा लाग्ने सबैको सतप्रतिशत मेहनतका कारण पछिल्ला संस्करणभन्दा भव्य सफल भएको बताए।
'पोल्यान्ड र युक्रेनले निकै फरक रूपमा एउटा भव्य प्रतियोगिता आयोजना गरेका छन्। १३ लाखभन्दा बढी दर्शकले रंगशालमा गएर खेल हेरे, जुन आफैमा एउटा कीर्तिमान हो। यो प्रतियोगिताले युरोपियन देशबीचको फुटबलीय सम्बन्धलाई नयाँ उचाइ दिन सफल भएको छ,' उनले भने, 'यसअघि कहिल्यै 'मिलेर इतिहास बनाउँ्क' भन्ने नारा यसपालिजस्तो सफल भएको थिएन। साँच्चै अहिले यी दुई देशले इतिहास बनाएका छन्।'
आर्थिक पक्षमा, भौतिक पूर्वाधार निर्माण, फुटबल र सामाजिक विकास तथा आयोजक दुई देशलाई विश्वभर प्रवर्दन गर्न युरो २०१२ ऐतिहासिक रूपमा सफल भएको उनको दाबी थियो। विगतका सबै कीर्तिमानलाई उछिन्दै यसपालि युरोपियन च्याम्पियनसिपले विश्वभर टेलिभिजन दर्शकको संख्या पनि बढेको उनले बताए।
जर्मनीको खेलमा चेल्सी र बायर्न म्युनिखबीचको च्याम्पियन्स लिग फाइनलको दाँजोमा १ सय २२ प्रतिशत टेलिभिजन दर्शक बढेको तथा इटालीका खेलमा इन्टर मिलान र बायर्न म्युनिख खेलेको २०१० को च्याम्पियन्स लिग फाइनलको दाँजोमा ६० प्रतिशत दर्शक बढेको तथ्यांक छ। यसैगरी बेलायतमा म्यानचेस्टर युनाइटेडले बार्सिलोनासँग च्याम्पियन्स लिग फाइनल खेल्दा भन्दा अहिले इङ्ल्यान्डले युरोका खेल हेर्दा ६६ प्रतिशतले टेलिभिजन दर्शकमा वृद्धि भएको थियो। अमेरिका र एसियामा पनि यसपालिको युरो विगतको तुलनामा टेलिभिजन दर्शक आकर्षित गर्न बढी सफल भएको युइएफएले जनाएको छ।
प्लाटिनीको विचारमा यसपालि मैदानमा पनि फुटबल बढी सशक्त देखियो। 'प्राविधिक रूपमा युरोपको फुटबल धेरै माथि रहेको मात्र देखिएन। मैदानमा फेयर प्लेको भावनाका साथै रेफ्रीहरूको उत्कृष्ट कामले गर्दा पनि प्रतियोगिता सफल भएको हो,' उनले भने, 'हरेकजस्तो खेलमा हुने प्रतिस्पर्धा, नसोचेको नतिजा आउनु, गोलरहित खेलको संख्या कम हुनु भनेको फुटबल स्तर माथि उठेको नै हो।'
विश्वकप २०१० पछि निकै चर्चामा रहेको गोललाइन प्रविधिको सट्टा पाँच रेफ्रीलाई पहिलोपटक युरोपियन च्याम्पियनसिपमार्फत मैदान उतार्दा खेलको रोमाञ्च कायम राख्दै सही निर्णय लिन निकै प्रभावकारी भएको उनको अनुभव थियो। युक्रेन र इङ्ल्यान्डबीचको खेलमा युक्रेनको एउटा गोल दिने कुरामा रेफ्रीबाट गल्ती भए पनि प्लाटिनीले पाँच रेफ्री राख्ने सोच सफल भएको दाबी गरे।
'पाँच रेफ्री राख्नेबित्तिकै पेनाल्टी एरियामा खेलाडीको व्यवहार फरक देखिएको छ। अहिले पहिलाको तुलनामा विपक्षीको जर्सी तान्ने, धकेल्ने, लडाउनेजस्ता हर्कतमा कमी आएको छ,' उनले भने।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता