पोल्यान्डमा नयाँ प्रशिक्षक बुधबारबाट

E-mail Print
(0 votes, average 0 out of 5)
वार्सा, असार १४ (एजेन्सी)- युरो २०१२ को सहआयोजक पोल्यान्डले फ्रान्सिस्जेक स्मुडालाई स्थानान्तरणका लागि आउदो दुई साताभित्र नयाँ प्रशिक्षक नियुक्ती गर्ने पोलिस फुटल संघले बुधबार जनाएको छ। घरमै आयोजित प्रतियोगितामा पोल्यान्ड समुह चरणबाटै बाहिरिएको थियो।

'जुलाई १० सम्ममा नयाँ प्रशिक्षकका दावेदारको नाम सार्वजनिक हुनेछ, त्यसपछि हामी तीनैमध्येबाट एकलाई नियुक्त गर्नेछौ,' संघका प्रवक्ता एग्निस्का ओलेजेकोवस्काले भने, 'समय गुजि्रइरहेका बेला हामीले विश्वकप छनोटका लागि पनि नयाँ प्रशिक्षक नियुक्तीमा ढिलाई गर्नुहुन्न।'

विश्वकप २०१४ को छनोटमा समुह एचमा परेको पोल्यान्डले युरो २०१२ को क्वार्टर फाइनल पुगेको इङल्यान्ड, मोन्टेनेग्रो, मोल्डोभा र कमजोर सान मारिनोका साथै युरोको अर्को सहआयोजक युक्रेनसंग प्रतिस्पर्धा गर्नेछ। सेप्टेम्बर ७ मा मोन्टेनेग्रोसंग खेलेर विश्वकप छनोट यात्रा सुरु गर्ने पोल्यान्डले त्यसको चार दिनपछि मोल्डोभा तथा अक्टोवर १६ मा इङल्यान्डको सामना गर्नेछ।

नयाँ प्रशिक्षकको जागिर पाउने सम्भावित नामको सुचीमा १९८० र १९९० को दशकमा रक्षकको रुपमा खेलेका रुच चोर्जोका प्रशिक्षक वाल्डेमार फोर्नालिकको नाम सवभन्दा अघि छ।

अगस्ट २२ मा इस्टोनियाविरुद्धको मैत्रीपुर्णबाट पोल्यान्डका नयाँ प्रशिक्षकले काम सम्हाल्नेछन्।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता