वर्ष खेलाडीमा हक राख्दिनँ : पिर्लो

E-mail Print
(3 votes, average 4.33 out of 5)
क्राको, असार १४ (एजेन्सी)- युरो २०१२ मा सनसनीपूर्ण प्रदर्शन गर्दै विश्व फुटबलमा तहल्का मच्चाएका इटालियन मिडफिल्डर एन्ड्रिया पिर्लोले पर्याप्त गोल गर्न नसकेका कारण आफूले यसपालि फिफा बालोन डी'ओर पुरस्कार जित्ने सम्भावना कम रहेको बताएका छन्।

मिडफिल्डमा डिप बसेर खेल्ने पिर्लो स्कोरिङको दृष्टिले उच्च फर्ममा नरहे पनि इटाली सेमिफाइनलसम्म पुग्दा उनी प्रभावकारी देखिए। इङ्ल्यान्डलाई टाइब्रेकरमा हराउँदा उनले गरेको चिप पेनाल्टी गोलको विश्वव्यापी चर्चा भयो। विपक्षी गोलकिपरको मनोबल गिराउन सफल त्यही पेनाल्टीका कारण उनी प्रतियोगिताको उत्कृष्ट खेलाडीसँगै फिफा वर्ष खेलाडी पुरस्कारको पनि हकदार बनेको फुटबल पण्डितहरूले अनुमान लगाएका छन्।

बितेको सिजनमा युभेन्टसलाई इटालियन सिरी ए उपाधि जिताउनसमेत महत्त्वपूर्ण योगदान गरेका पिर्लोलाई विश्व वर्ष खेलाडी बन्न हक राख्नुहुन्छ भनी प्रश्न सोध्दा उनले त्यस्तो नलाग्ने बताए। 'होइन, यहाँ लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोजस्ता उच्चस्तरीय खेलाडी छन्। उनीहरूले राम्रो फुटबल पनि खेलिरहेका छन्,' पिर्लोको उत्तर थियो, 'उनीहरूलाई पछाडि पार्न सम्भव नहोला। उनीहरूले बितेको सिजनमा थुप्रै गोल गरेका छन्। मेरो विचारमा उनीहरूमध्ये एक नै विश्व वर्ष खेलाडी हुने छन्।'

बिहीबार सेमिफाइनलमा जर्मनीको सामना गर्ने तयारीमा रहँदा पिर्लोले आफूजस्तो डिपमा बसेर खेल्ने मिडफिल्डर चम्किन कठिन हुने बताए। उनले जर्मनीका मिडफिल्डर मेसुट ओजिलसँग विशेष सतर्क रहन आफ्ना टिम सहयात्रीलाई सचेत गराएका छन्। 'जर्मनीको टोलीमा थुप्रै प्रतिभावान खेलाडी छन्, तर तीमध्ये ओजिल अत्यन्तै खतरनाक छन्,' जर्मनीको पछिल्लो प्रदर्शनले आफूहरू डराएको स्वीकार्दै उनले भने, 'हामी र उनीहरूको स्तरमा खासै फरक छैन। करिब एकै स्तरका टिम भए पनि उनीहरूले अहिले निकै राम्रो प्रदर्शन गरिरहेका छन्। हामी उनीहरूसँग अलि बढी नै सचेत हुनुपर्छ। तर उनिहरु पनि हामीसंग डराएका छन्। हामीले पनि पछिल्ला खेलमा उच्चस्तरको प्रदर्शन गरेका छौ, जुन हाम्रो राम्रो पक्ष हुनेछ।'
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता