जर्मनीले इटालीसँगको घाउ पुर्ने

E-mail Print
(0 votes, average 0 out of 5)
क्राको, असार १४ (एजेन्सी)- बास्टियान स्वान्स्टाइगरले बिहीबार हुने युरो २०१२ को सेमिफाइनलमा फिट हुने लक्ष्यमा सफलता हासिल गरिरहेका बेला उनको टोली जर्मनीले फाइनल पुग्न एन्ड्रिया पिर्लोलाई निस्तेज गर्दै इटालीको चुनौती पार लगाउनुपर्नेछ।

जर्मनीले मुख्य प्रतियोगितामा इटालीलाई अहिलेसम्म हराउन सकेको छैन। ६ वर्षअघि घरमै विश्वकप आयोजना गर्दा सेमिफाइनलमा इटालीसँग जर्मनीले भोगेको बहुचर्चित हारको घाउ अझै निको भइसकेको छैन। तर यसपालि भने इटालीविरुद्धको नमीठो इतिहास फेर्नेमा जर्मनी दाबेदारका रूपमा देखिएको छ। पोल्यान्ड र युक्रेनमा जारी युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलसम्म सबै खेल जितेर जर्मनीले आफूलाई प्रतियोगिताकै दाबेदार प्रस्तुत गरिसकेको छ।
जबकि अझैसम्म जर्मनीले पिर्लोजस्ता उच्चस्तरीय मिडफिल्डरको सामना गर्न बाँकी छ। इटालीको सेमिफाइनलसम्मको यात्रामा सबैभन्दा प्रभावकारी देखिएका उनले इङल्यान्डविरुद्धको क्वार्टरफाइनलमा जोखिमपूर्ण चिप पेनाल्टी गोल गरेका थिए। पिर्लोले विपक्षी गोलपिकर जोय हार्टको मनोबल खस्काउने योजनामा जोखिमपूर्वक प्रहार गरेको आत्मविश्वासी पेनाल्टीका कारण उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुने पण्डितहरू अनुमान लगाउन थालेका छन्।
'पिर्लोको पेनाल्टीले मलाई पनि आश्चर्यमा पार्‍यो। जब उनले इङ्ल्यान्डको मनोबल गिराउन यस्तो पेनाल्टी हानेको बताएपछि मलाई पनि उनीजस्ता च्याम्पियन खेलाडीबाट सिक्नुपर्ने अनुभूति भयो,' इटालियन प्रशिक्षक सिजर प्रान्डेलीले भने।
वार्सामा बिहीबार हुने सेमिफाइनलमा पिर्लोका रचनात्मक पास र प्रभावशाली प्रदर्शनलाई रोक्ने हो भने जर्मनीका उच्च प्रतिभा स्वान्स्टाइगर ठीक हुनैपर्छ। जर्मनीको युवा टोलीले युरोपियन च्याम्पियनसिपलाई आवश्यक सवैखाले अनुभव हासिल गरिसकेको छ। स्वान्स्टाइगरले फेब्रुअरीमा कुर्कुंच्चामा चोट बोकेका थिए। सोही चोटले बेलाबखत सताइरहँदा उनले पछिल्लो दुई दिन अभ्यासमा भाग लिन सकेनन्। तर उनको टोली भने स्वान्स्टाइगर बिहीबारसम्ममा ठीक भएर मैदान उत्रनेमा विश्वस्त छ।
'स्वान्स्टाइगर एउटा विश्वस्तरीय खेलाडी हुन्, उनी हाम्रो टोलीका पनि मुख्य सदस्य हुन्,' जर्मन टोलीका प्लेमेकर मेसुट ओजिलले भने, 'उनी सेमिफाइनललाई समयमै ठीक भइसक्ने छन्।'
स्वान्स्टाइगर फिट भएर मैदान उत्रिए जर्मनीको टोलीमा अन्य खेलाडीको चोट समस्यामा रहने छैन। जर्मन प्रशिक्षक जोचिम लोउले क्वार्टरफाइनलमा ग्रिसमाथि ४-२ को विजय पाउँदा आश्चर्यजनक रूपमा आराम दिइएका अग्रपंक्तिका दुई खेलाडी सेमिफाइनलमा फर्कने अपेक्षा गरिएको छ। इटालीको जब्बर रक्षापंक्ति चिर्न लोउले बिहीबार मिरोस्लाभ क्लोजको ठाउँमा मिलानका स्ट्राइकर मारियो गोमेजलाई फर्काउने सम्भावना छ भने लुकास पोडोलस्की र थोमस मुलरले पनि पुनरागमन जनाउने बताइएको छ।
इङ्ल्यान्डविरुद्धको खेल तिघ्रामा लागेको चोटका कारण गुमाएका इटालीका सेन्टर हाफ जर्जियो चिलिनी अभ्यासमा फर्किएका छन्। बिहीबार प्रतियोगिताकै सबैभन्दा सनसनीपूर्ण प्रतिद्वन्द्वीको सामना गर्दा चिलिनी खेल्ने आशा गरिएको छ। जबकि डानियल डी रोसी र इग्नाजियो अबाटे अझै दुविधामा रहनु तथा राइट ब्याक क्रिस्टियन माजियो दुई पहेँलो कार्डका कारण प्रतिबन्धमा रहनुले प्रशिक्षक प्रान्डेलीको टाउको दुखाइ बढेको छ।
इटालीले इङ्ल्यान्डसँग १ सय २० मिनेटसम्म गोलरहित बराबरी खेल्दा करिब तीन दर्जन अवसर सिर्जना गरे पनि फिनिसिङमा चुस्तता अपनाउन सकेन। बिहीबार पोल्यान्डको राजधानी वार्सामा पनि इटालीको फिनिसिङ त्यस्तै कमजोर रहेमा जर्मनीले प्रान्डेलीको टोलीलाई सजाय दिनेछ। क्वार्टरफाइनलमा थुप्रै अवसर खेर फाले पनि प्रान्डेलीले सेमिफाइनलका लागि म्यानचेस्टर सिटीका स्ट्राइकर मारियो बालोटेलीलाई अर्को मौका दिने भएका छन्।
'बालोटेली हरेक समय मुभ गरिरहेका थिए। उनले बनाएका मुभहरू गोल नभए पनि ती प्रभावकारी थिए। एउटा खेलाडीलाई सधैं भाग्यले ठग्न सक्दैन,' आइतबार किभमा हुने फाइनललाई जर्मनी नै दाबेदार मान्ने इटालीका प्रशिक्षक प्रान्डेलीले भने, 'उनीहरू हामीभन्दा केही वर्ष अगािड पुगिसकेका छन्। विश्वकप २००६ पछि उनीहरूले युवामा जोड दिए। त्यसैले अहिले उनीहरूसँग एउटा सर्वोत्कृष्ट टोली छ।'
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता