Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

स्पेनको आक्रमण माकुरोको जालो जस्तै : दीपकहर्ष बज्राचार्य

E-mail Print
(2 votes, average 3.00 out of 5)
काठमाडौं, असार १५ (नागरिक)- सानैबाट फुटबल भनेपछि हुरुक्कै। मेरो घर न्युरोड भएकाले टुँडिखेल फुटबल खेल्न जान पनि नजिक। त्यसैले बच्चैबाट फुटबल खेलियो। २०२६ सालदेखि क्लबबाटै फुटबल खेल्न थालें। २०२८ सालमा लिग खेलेँ।
 
मैले धेरै समय एनआरटी र केही वर्ष संकटाबाट खेलें। २०४३ सालमा आइपुग्दा सक्रिय खेलजीवन छाडियो। त्यसपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को सहसचिवसम्म भएँ। २०४५ साल फागुनमा त्रिभुवन च्यालेन्ज सिल्डको फाइनल दौरान हुरीबतास चल्यो। त्यसमा भागदौड मच्चिएपछि ७० भन्दा बढीको ज्यान गएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) तत्कालीन नेतृत्वसहित हामीले नैतिकताका आधारमा राजीनामा गर्‍यौं। त्यसपछि प्रत्यक्ष सक्रियता टुटे पनि फुटबलप्रति रुचि कहिल्यै कम भएन। दशर्कका रूपमा फुटबलसँग नजिक रहँदै आइयो, त्यो क्रम अहिले पनि जारी छ। जारी युरो कपको पनि म नियमित दर्शक हँु।
अहिलेसम्मको खेल हेर्दा सबैभन्दा बलियो स्पेन र जर्मनी नै लाग्यो। स्पेन फाइनल पुगिसक्यो, मलाई लाग्छ जर्मनी पनि फाइनल पुग्नेछ। फाइनलमा स्पेनले जर्मनीलाई हराउँछ जस्तो लाग्छ। स्पेनको खेल दक्षिण अमेरिकाबाट प्रभावित देखिन्छ। पहिला-पहिला दक्षिण अमेरिकी राष्ट्रको फुटबल चेस जस्तो हुन्थ्यो। स्पेनले त्यसको नक्कल गरेको मात्रै छैन, त्यसमा समयानुकूल आधुनिकीकरण गरेको छ। अहिले स्पेनको आक्रमण हेर्दा माकुरोले जालो बनाए जस्तो लाग्छ। एउटा खेलाडीको खुट्टामा बल पर्‍यो भने उसलाई सहयोग गर्न चार खेलाडी ठाउँमा पुगिसकेका हुन्छन्।
छोटो र सटिक पास, खेलमा अत्यन्तै केन्द्रित, टिम समन्वय स्पेनको बलियो पक्ष हो। सुरुआतबाटै सेमिफाइनलसम्मको प्रदर्शन एकनासको छ। अर्कोतर्फ जर्मनी पनि फिजिकल्ली टफ र टिमवर्कमा निकै माथि छ। स्पेनलाई कडा टक्कर दिन सक्ने टोली जर्मनी नै हो। तर पनि फाइनल जर्मनीलाई गाह्रो हुनसक्छ। सेमिफाइनल पुगिसकेको इटाली पनि कमजोर छैन, तर जर्मनीलाई हराउन कठिन छ।
इङ्ल्यान्डले भने चर्चा गरिएअनुसार खेल्न सकेन। नेदरल्यान्ड्स अपेक्षाअनुसार उत्रन सकेन। पछि थाहा भयो, उनीहरूको खेलाडी बीचमै समस्या रहेछ। त्यसको असरले उनीहरूले राम्रो गर्न सकेनन्। टिमभित्रको एकता खल्बलिएपछि राम्रो प्रदर्शनको आशा गर्नु बेकार हो।
युरोपियन खेलाडीमा मलाई स्पेनका फर्नान्डो टोरेजको खेल मनपर्छ। तर उनले यसपटक उनले धेरै मौका पाएनन्। टोरेजको शारीरिक बनोट र खेलकौशल हेर्नलायक छ। नेदरल्यान्ड्सका आर्येन रोबेनको खेल पनि असाध्यै मनपर्छ। उनले दायाँबायाँ दुवैतिरबाट बल अगाडि बढाउँछन् र विपक्षीमाथि लगातार दबाब दिइरहन्छन्। प्लेमेकरका हिसाबमा स्पेनका आन्द्रेज इनिस्टाको खेल पनि उत्कृष्ट लाग्छ। तर, पोर्चुगलका क्रिस्टियानो रानोल्डोको जति चर्चा गरे पनि म उनको खेलबाट प्रभावित छैन। ...विथ बल' उनको मुभमेन्ट राम्रो देखिए पनि जति क्लब फुटबलमा नाम कमाएका छन्, त्यसअनुरुप युरोमा प्रदर्शन गर्न सकेनन्। सायद टिमबाट पनि त्यति साथ पाएनन् कि। उनले जति मौका पाए, धेरै त चुकाए पनि।
सेमिफाइनलसम्मका सबै खेल घरमा एक्लै हेरें। अब फाइनलमा आफ्नै क्लबका साथीहरू बसेर हेर्ने योजना छ। फुटबल समूहमा बसेर हेर्दा रमाइलो हुन्छ तर युरो राति भएकाले सधैं साथीसँग बसेर हेर्न सम्भव पनि भएन।
बज्रचार्य नेपाल जुडो संघका अध्यक्ष हुन्।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता