Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 19th

जर्मनीको नसोचेको नतिजा आयो : ललितकृष्ण श्रेष्ठ

E-mail Print
(0 votes, average 0 out of 5)
घरेलु फुटबलकै व्यवस्थापनले उनलाई फुर्सद छैन। नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष एवम् प्रवक्ता ललितकृष्ण श्रेष्ठ घरेलु फुटबलको महारथी मेगा थ्री स्टार क्लबका अध्यक्ष पनि हुन्। फुटबल उनको जीवनको सबैभन्दा महŒवपूर्ण हिस्सा हो।

क्लबका लागि आर्थिक जोहो गर्ने, खेलाडी व्यवस्थापन गर्नेलगायतका व्यवस्थापनले मात्र उनको फुटबल जिम्मेवारी पूरा हुँदैन। एन्फाले चलाएको एकेडेमी व्यवस्थापन अनि राष्ट्रिय टोलीको जिम्मेवारीमा एन्फाका अन्य सबै कृयाकलापमा सक्रिय नेतृत्व प्रदान गर्नु श्रेष्ठको दैनिकी हो। त्यसैले उनी विदेशी फुटबल खासै हेर्न भ्याउँदैनन्। युरोपका चर्चित लिगका उनी नियमित दर्शक होइनन्, तर विश्वकप र युरोपियन च्याम्पियनसिपमा भने भ्याएसम्म उनी कुनै खेल छुटाउँदैनन्। युरोपका शीर्ष टोलीहरू युरो २०१२ को उपाधिका लागि प्रतिस्पर्धा गरिरहँदा श्रेष्ठको ध्यान पनि सम्पूर्ण विश्वका फुटबलप्रेमीझै पोल्यान्ड र युक्रेनमा केन्द्रित छ।
नेपाली फुटबलमा श्रेष्ठ प्राविधिकभन्दा व्यवस्थापकीय दक्षतामा चिनिन्छन्। त्यसैले उनलाई युरोपियन फुटबलमा मनपर्ने टोली जर्मनी हो। जर्मनीले लामो समयदेखि नेपाली फुटबल र समग्र खेलकुदमा सहयोग गरिरहेकाले उनलाई जर्मनी मन परेको हो। 'उनीहरूको खेल पनि राम्रो छ। विश्वकप र युरोपियन च्याम्पियनसिप हँुदा जहिले पनि उनीहरूलाई मुख्य दाबेदारका रूपमा लिइन्छ। म जर्मनीको फुटबल इतिहासको पनि प्रशंसक हुँ,' बिहीबार इटालीसँग जर्मनीले पराजय भोगेको खेलबाट निराश श्रेष्ठले भने, 'हिजो नसोचेको नतिजा आयो। त्यसले मलाई धेरै निराश पारेको छ। फुटबल भनेकै यस्तै हो। यहाँ कहिलेकाहीं राम्रो टोली पनि हार्छ।'
श्रेष्ठको विचारमा बिहीबार इटालीका फरवार्ड मारियो बालोटेलीको दिनलाग्दा जर्मनी भने दुर्भाग्यको शिकार भयो। 'जर्मनीको स्वाभाविक खेल देखिएन। इटालियन मिडफिल्ड र रक्षापंक्तिले जर्मनीलाई खुलेर खेल्न दिएन। यस्तो अवस्थामा प्रशिक्षकले रणनीति परिवर्तन गर्नुपर्ने थियो,' श्रेष्ठले भने, 'तैपनि युवा टोलीले प्रतियोगिताभर गरेको प्रदर्शन हेर्नलायक चाहिँ थियो।'
जर्मनीले फाइनल जितेको हेर्ने श्रेष्ठको चाहना इटालीसँगको हारले पूरा नहुने भएको छ। त्यसैले अब फाइनलमा उनी एउटा सामान्य फुटबलप्रेमी भएर हेर्ने योजनामा छन्। 'सायद क्लबका साथीसँग बसेर हेरिन्छ होला, अब जर्मनी हारिसकेपछि तनाब नलिकन हेर्छु,' जर्मनीपछि खेलशैलीका कारण उनलाई स्पेन मनपराउने उनले फाइनलमा स्पेन जितेको हेर्ने चाहना राखे, 'स्पेनको टोलीमा एक-से - एक प्रतिभावान खेलाडी छन् र प्रचुर व्यक्तिगत क्षमता भएका खेलाडीको टिम गेम मलाई मनपर्छ। उनीहरूको पास, आक्रमण गर्ने शैली, बल खोस्ने तरिका सबै राम्रो छ। मेरो विचारमा आधुनिक फुटबलमा हुनुपर्ने सबै गुण स्पेनको टोलीमा छ। त्यसैले उनीहरूले नै फाइनल जित्लान्।'
श्रेष्ठ मेगा थ्री स्टारका अध्यक्ष हुन्।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता