Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 19th

केशरीलाई जुनियर ओलम्पिक तेक्वान्दोमा स्वर्ण

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार १६ (नागरिक)– अमेरिकाको टेक्ससमा सञ्चालन भइरहेको जुनियर ओलम्पिक तेक्वान्दो प्रतियोगितामा नेपाली मूलकी अमेरिकी खेलाडी केशरी महर्जनले स्वर्ण पदक जितेकी छिन्।
 
ओरेगन राज्यको युएस वेष्ट कोष्ट तेक्वान्दो एसोसिएसन हलिउडका तर्फबाट सहभागी महर्जनले फाइनलमा क्यालेफोर्नियाकी खेलाडीलाई २ को बदला ६ अङ्क आर्जित गर्दै पराजित गरेको उक्त स्कुलका सञ्चालक दिवाकर महर्जनले इमेलमार्फत जानकारी गराएका छन्। यसअघि उनले सन् २००७ र २०११ मा भएको प्रतियोगितामा रजत पदक जितेकी थिइन्।

प्रतियोगितामा नेपाली खेलाडी स्टिभन नेकु महर्जन क्वार्टर फाइनलमा पराजित भएका छन्। यसअघि उनले प्रिक्वार्टर फाइनलमा क्लालिफोर्नियाका खेलाडीलाई पराजित गरेका थिए। त्यस्तै अर्का खेलाडी डेनिस करन्जित पनि क्वार्टरफाइनलमै टेक्सासका खेलाडीबाट पराजित भएका थिए। ती सबै खेलाडीलाई नेपाली ओलम्पिक खेलाडी, दक्षिण एसियाली खेलमा नेपालका लागि पदक जितेकी सीता राईले प्रशिक्षण प्रदान गरेकी थिइन्।

२७ जुनबाट ४ जुलाईसम्म हुने प्रतियोगितामा अमेरिकाका सबै ५० राज्यबाट ५ हजार ३ सय खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगितामा यही वर्ष लण्डन ओलम्पिकमा प्रयोग गर्न लागिएको डाएडो विद्युतीय व्यवस्था (इलेक्ट्रनिक्स सिस्टम) प्रयोगमा ल्याइएको थियो।

यस सहभागिताले खेलाडीलाई आउँदो अक्टोबर २६ र २७ मा पोर्टल्यान्डमा हुने नवौँ खुला मैत्री तेक्वान्दो प्रतियोगिता तथा सांस्कृतिक महोत्सवमा मद्दत पुर्‍याउने विश्वास महर्जनले व्यक्त गरेका छन्।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता